2026-09-05 07:26 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

टोकियोमा आज मतदान, सत्तारुढ दलको प्रमुख परीक्षा

काठमाडौँ । टोकियो महानगरीय सभा (मेट्रोपोलिटन एसेम्बली)का लागि आइतबारदेखि मतदान सुरु भएको छ, जुन सर्वेक्षणलाई केन्द्र सरकारप्रति जनभावनाको प्रमुख ब्यारोमिटररूपमा हेरिएको छ ।

प्रधानमन्त्री शिगेरु इशिबाको लिबरल डेमोक्र्याटिक पार्टीले महँगी र चामलको उच्च मूल्यका कारण लोकप्रियता गुमाएको छ तर पनि यसले महानगरको विधायिकामा सबैभन्दा ठूलो दलको रूपमा आफ्नो स्थान कायम राख्ने आशा गरेको छ।

“हामी हाम्रा सबै उम्मेदवारको पक्षमा मतपरिणाम ल्याउनका लागि सबै काम गर्नेछौँ।,“ इशिबाले यसै महिनाको सुरुमा चुनावी अभियान सुरु हुँदा पत्रकार सम्मेलनमा भन्नुभएको थियो । टोकियोका करिब एक करोड ४० लाख बासिन्दालाई प्रभावित पार्ने स्थानीय मुद्दाहरू समाधान गर्न आफ्नो पार्टीको विकल्प नरहेको दाबी गर्नुभयो ।

टोकियोले जुलाई २० मा हुन लागेको टोकियो विधानसभा (जापानको व्यवस्थापिकाको माथिल्लो सदन) को निर्वाचनलाई नजिकबाट नियालिरहेको छ किनकि माथिल्लो सदनको निर्वाचन जुलाई २० मा हुनसक्ने स्थानीय सञ्चार माध्यमले जनाएका छन् ।

गत अक्टोबरमा तल्लो सदनको चुनावमा बहुमत गुमाइसकेका इशिबा आफ्नो गठबन्धनको बहुमत कायम राख्न प्रयासरत हुनुहुन्छ ।

स्थानीय सञ्चार माध्यमले चुनावी पराजयले पार्टी नेतृत्व परिवर्तन हुनसक्ने अनुमान गरेका छन् ।

गत अक्टोबरमा पदभार ग्रहण गरेका इशिबालाई महिनौंदेखि जनताको समर्थन निकै न्यून रहेको छ । उहाँको कार्यकालमा चामल र अन्य सामानमा महँगी बढेको छ।

यस महिना गरिएको सर्वेक्षणले धानको मूल्यको समस्या समाधान गर्न नयाँ नीतिहरूको कारण समर्थनमा केही वृद्धि भएको देखाएको छ ।

मतदान केन्द्र स्थानीय समयानुसार राति ८ बजे बन्द हुनेछन् ।

आइतबारको चुनावमा रेकर्ड २९५ उम्मेदवारहरूले भाग लिएका छन् ।

विश्व आर्थिक मञ्चका ‘ग्लोबल जेन्डर ग्याप इन्डेक्स’मा यस वर्ष १४८ देशमध्ये ११८ औँ स्थानमा रहेको जापानमा सन् १९९७ पछि सबैभन्दा बढी ९९ महिला उम्मेदवारहरू सहित (अहिलेसम्मको सबैभन्दा बढी) हुन लागेको मतदानलाई अधिकारीहरूले जापानको चुनावको ‘रमणीय प्रवृत्ति’ को रूपमा प्रशंसा गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित प्रधानमन्त्री वालेन्द्र शाह राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका जाने बाढी प्रभावितको उद्धारमा सरकार अझ जिम्मेवार र गम्भीर बन्नुपर्छ : प्रचण्ड फेवातालमा डुबेका युवकको उद्धार कृष्णभीरमा दुवैतर्फको ट्र्याक जोडियो माथिल्लो त्रिशूली–१ को टनेलबाट ११ दिनपछि चिनियाँ नागरिकको उद्धार भोटेकोशी बाढीको ११ दिनपछि बेत्रावतीमा महिलाको जीवितै उद्धार सुपरसेती जलविद्युत् आयोजनाको पहुँचमार्ग खन्ने क्रममा पहिरो, दुई कामदार गम्भीर घाइते प्रधानमन्त्री राहत कोषमा ११ अर्ब ५ करोड मौज्दात भोटेकोशी बाढीको क्षति अकल्पनीय, दीर्घकालीन पुनर्निर्माणमा जोड दिनुपर्छ : ओली विराटनगरमा स्कुले छात्रालाई अभद्र व्यवहार गर्ने दुई जना पक्राउ भोटेकोशी बाढीबाट भएको क्षतिको क्षतिपूर्ति औद्योगिक राष्ट्रले तिर्नुपर्छ : शंकर पोखरेल भोटेकोशी बाढीमा १,३४४ शव फेला, ४,८९८ अझै बेपत्ता मानव बेचबिखनमुक्त समाज निर्माणका लागि सबै तहबीच सहकार्य आवश्यक : प्रधानमन्त्री शाह कृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलद्वारा कृष्ण मन्दिरको दर्शन भदौ २२ र २३ गते राहदानी विभागका सबै सेवा नियमित सञ्चालन हुने रसुवा बाढीमा भयावह क्षति : १,२९० शव फेला, ४,७९८ अझै बेपत्ता आलोचकलाई गृहमन्त्री गुरुङको जवाफ : ‘तपाईं गलत युगमा हुनुहुन्छ’ ग्रीन आर्मी’ रहस्यपूर्ण देखियो, गम्भीर अनुसन्धान हुनुपर्छ : ओली शिक्षक हत्या आरोपमा एक जना पक्राउ