२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

जनमत पार्टीकी सांसद रायमाझीविरुद्ध पर्सा जिल्ला अदालतद्वारा पक्राउ पुर्जी जारी

८ असार २०८२, आईतवार १६:४३

काठमाडौँ । बैंकिङ कसुरसम्बन्धी मुद्दामा जनमत पार्टीकी लुम्बिनी प्रदेशसभा सांसद सुमन शर्मा रायमाझीविरुद्ध पर्सा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गरिएको छ।

बर्दियाको गुलेरिया नगरपालिका–५ निवासी रायमाझीविरुद्ध पर्सा प्रहरीले माग गरेअनुसार अदालतले १६ जेठमा पक्राउ पुर्जी जारी गरेको हो। पर्सा प्रहरीका एक अधिकृतका अनुसार, उहाँविरुद्ध बैंकिङ कसुरसम्बन्धी उजुरी परेपछि कानुनी प्रक्रिया अघि बढाइएको हो।

सांसद रायमाझीविरुद्ध आशा कुमारी चौहानले २ लाख ७५ हजार रुपैयाँ सापटी लिएर चेक दिएको तर चेक बाउन्स भएको आरोपसहित जाहेरी दिएकी थिइन्। उजुरी अनुसार, रायमाझीले एभरेष्ट बैंकको चेकमार्फत रकम फिर्ता गर्ने प्रतिबद्धता जनाए पनि बैंक खातामा पर्याप्त मौज्दात नभएकाले चेक अस्वीकृत भएको थियो।

रायमाझीसँग सम्पर्क गर्न खोज्दा उनको मोबाइल नम्बरमा सम्पर्क हुन नसकेको बताइएको छ।

जनमत पार्टीका प्रवक्ता डा. शरद सिंह यादवले यो विषयबारे पार्टीमा औपचारिक छलफल नभएको जनाएका छन्। “यो उहाँको व्यक्तिगत आर्थिक कारोबारसँग सम्बन्धित विषय हो, पार्टीसँग प्रत्यक्ष सम्बन्ध छैन,” उनले भने।

समानुपातिकतर्फबाट प्रदेशसभा सांसद बनेकी रायमाझी यसअघि जसपाबाट प्रदेशसभा सदस्य रहेकी थिइन्। उनी एमाले नेतृत्वको सरकारले गठन गरेको मन्त्रिपरिषद्मा भौतिक पूर्वाधार विकास राज्य मन्त्री तथा पछिल्लो माओवादी नेतृत्वको सरकारमा कृषि मन्त्रीको जिम्मेवारी सम्हालेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव