२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

नेसपाको पार्टी पुनर्गठन : सचिवालय र केन्द्रीय समिति पुनर्संरचना

८ असार २०८२, आईतवार १७:४७

काठमाडौँ । नेपाल समाजवादी पार्टी (नेसपा) ले पार्टी पुनर्गठन गरेको छ। आइतबार बसेको केन्द्रीय समिति बैठकले नयाँ सचिवालय गठन गर्नुका साथै केन्द्रीय सदस्यहरू मनोनयन गरेको हो।

बैठकले अध्यक्ष महिन्द्र राय यादवसहित ९ सदस्यीय सचिवालय गठन गरेको छ। सचिवालयमा अध्यक्ष यादवसँगै रमेशप्रसाद यादव, राजु थापा, ढाकाराम गौतम, मीनराज बडु, देवेन्द्र यादव, देवीबहादुर बुढाथोकी लगायत रहेका छन्। बाँकी दुई सदस्य भने आगामी बैठकबाट मनोनीत गरिने जानकारी महासचिव यादवले जनाएका छन्।

यसैगरी, पार्टीले कोशी प्रदेशको इन्चार्जमा कृष्णप्रसाद भट्टराई र युवा तथा आइटी विभागको इन्चार्जमा विजय खड्कालाई जिम्मेवारी दिएको छ।

पार्टी पुनर्गठन अन्तर्गत ११ जना केन्द्रीय सदस्य पनि मनोनीत गरिएका छन्। मनोनीत हुनेमा हितराज जोशी, शर्मिला कार्की, खुमकुमारी बुढा, बडक गडरिया, नारायण भण्डारी, बृन्दा बस्ताकोटी, दिलबहादुर लामा, कुमराज मजाकोटी, बालकृष्ण शर्मा, अप्सरा पौडेल र नवराज देवकोटा छन्।

जेठ १२ गते सहअध्यक्ष गंगानारायण श्रेष्ठ नेतृत्वको समूह नेकपा माओवादी केन्द्रमा फर्किएपछि नेसपाले पार्टी संरचना पुनः सुदृढ गर्ने उद्देश्यले पुनर्गठन प्रक्रिया अघि बढाएको हो।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा