२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गर्ने भारतीय नागरिक पक्राउ

८ असार २०८२, आईतवार १७:५७

काठमाडौँ । सामाजिक सञ्जालमार्फत एक महिलाको चरित्र हत्या गरेको आरोपमा एक भारतीय नागरिक पक्राउ परेका छन्। नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले भारत, बिहारका २० वर्षीय अम्मरनाथ कुमारलाई धादिङको धुनिवेशी नगरपालिका–८, खानी खोला क्षेत्रबाट नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार आरोपीले फेसबुकमार्फत पीडित महिलासँग सम्पर्क स्थापित गरी, म्यासेन्जर संवादको क्रममा उनको जानकारीबिना अश्लील तस्बिर र भिडियोहरू स्क्रिन रेकर्ड गरेका थिए। ती सामग्रीहरू प्रयोग गर्दै नक्कली फेसबुक खाताबाट पीडितका परिवारजनहरूसम्म ती तस्बिर तथा भिडियो पठाई चरित्र हत्या गरिएको अनुसन्धानबाट खुल्न आएको छ।

साइबर ब्युरोले प्राविधिक विश्लेषण र अनुसन्धानको आधारमा अम्मरनाथ कुमारको पहिचान गरी असार ६ गते पक्राउ गरेको हो। उनलाई काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति प्राप्त गरी थप अनुसन्धान भइरहेको ब्युरोले जानकारी दिएको छ।

उनीमाथि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा मुद्दा दर्ता गरिएको छ। प्रहरीका अनुसार कानुनी प्रक्रिया अनुसार आवश्यक अनुसन्धान जारी छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव