२०८२, ३ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

अमेरिकाद्वारा युद्धबिराम पछि इजरायल माथि इरानको मिसाइल प्रहार, तीनजनाको मृत्यु

२०८२, १० असार मंगलवार १२:०५

काठमाडौँ । इजरायलको दक्षिणी क्षेत्रमा इरानद्वारा गरिएको पछिल्लो क्षेप्यास्त्र आक्रमणमा तीन जनाको ज्यान गएको छ। इजरायलको अग्नि तथा उद्धार सेवाका अनुसार आक्रमणबाट थुप्रै भवनमा क्षति पुगेको छ भने घटनास्थलमा बाक्लो धुवाँ देखिएको बताइएको छ।

इजरायली आपत्कालीन सेवा ‘म्यागेन डेभिड एडोम’ का अनुसार, उद्धार टोली घटनास्थल पुग्दा एक व्यक्ति भवनको गेट नजिकै अचेत अवस्थामा भेटिएका थिए। सोही भवनभित्र खोजी गर्दा थप एक पुरुष र एक महिला पनि बेहोस अवस्थामा फेला परेका थिए।

घाइतेहरूको उपचारका लागि त्यहीँ नजिकै एक चिकित्सा केन्द्र स्थापना गरिएको छ भने सुरक्षाकर्मीहरूले सुरक्षित स्थानतर्फ निस्केका स्थानीय नागरिकहरूको अवस्था पनि जाच गरिरहेका छन्।

इजरायली रक्षा बल (आईडीएफ) ले सामाजिक सञ्जाल एक्समार्फत दिएको जानकारी अनुसार, पछिल्ला केही घण्टामा इजरायलमाथि इरानबाट लगातार आक्रमण भइरहेको छ। “यो एक घण्टाभित्र इरानबाट भएको तेस्रो आक्रमण हो। नागरिकहरू बारम्बार आश्रयस्थल खोज्दै दौडिरहेका छन्,” आईडीएफले उल्लेख गरेको छ।

यता अमेरिकी राष्ट्रपतिले मंगलबार इजरायल र इरानबीच युद्धविरामको घोषणा गरेका थिए। तर इरानले आक्रमण जारी राखेको छ। इरानका विदेशमन्त्री सईद अब्बास अरघचीले भनेका छन्, “यदि इजरायलले सैन्य कारबाही बन्द गर्छ भने, इरानले बदला लिने कुनै योजना बनाएको छैन।”

इजरायल सरकारले भने हालसम्म घटनाबारे कुनै औपचारिक प्रतिक्रिया दिएको छैन।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा इनिशा बिक हत्या प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँमा खबरदारीसहित प्रदर्शन क्यानडा पठाउने भन्दै रकम ठगी गर्ने एक जना महिला पक्राउ भ्रष्टाचारको अन्त्य र सुशासन कायम गरेर देखाउनुपर्ने आवश्यकता छ : डीपी अर्याल ओलीलाई समवेदना दिन गुन्डु पुगे उपराष्ट्रपति यादव रास्वपाको अभिमुखीकरण कार्यक्रममा रवि र बालेन अनुपस्थित सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु इनिशा बिक हत्या प्रकरण : फरेन्सिक रिपोर्टको पर्खाइमा प्रहरी दार्चुला केन्द्रविन्दु भएर भूकम्प सुनचाँदीको मूल्य बढ्यो नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ