२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

अमेरिकाद्वारा युद्धबिराम पछि इजरायल माथि इरानको मिसाइल प्रहार, तीनजनाको मृत्यु

१० असार २०८२, मंगलवार १२:०५

काठमाडौँ । इजरायलको दक्षिणी क्षेत्रमा इरानद्वारा गरिएको पछिल्लो क्षेप्यास्त्र आक्रमणमा तीन जनाको ज्यान गएको छ। इजरायलको अग्नि तथा उद्धार सेवाका अनुसार आक्रमणबाट थुप्रै भवनमा क्षति पुगेको छ भने घटनास्थलमा बाक्लो धुवाँ देखिएको बताइएको छ।

इजरायली आपत्कालीन सेवा ‘म्यागेन डेभिड एडोम’ का अनुसार, उद्धार टोली घटनास्थल पुग्दा एक व्यक्ति भवनको गेट नजिकै अचेत अवस्थामा भेटिएका थिए। सोही भवनभित्र खोजी गर्दा थप एक पुरुष र एक महिला पनि बेहोस अवस्थामा फेला परेका थिए।

घाइतेहरूको उपचारका लागि त्यहीँ नजिकै एक चिकित्सा केन्द्र स्थापना गरिएको छ भने सुरक्षाकर्मीहरूले सुरक्षित स्थानतर्फ निस्केका स्थानीय नागरिकहरूको अवस्था पनि जाच गरिरहेका छन्।

इजरायली रक्षा बल (आईडीएफ) ले सामाजिक सञ्जाल एक्समार्फत दिएको जानकारी अनुसार, पछिल्ला केही घण्टामा इजरायलमाथि इरानबाट लगातार आक्रमण भइरहेको छ। “यो एक घण्टाभित्र इरानबाट भएको तेस्रो आक्रमण हो। नागरिकहरू बारम्बार आश्रयस्थल खोज्दै दौडिरहेका छन्,” आईडीएफले उल्लेख गरेको छ।

यता अमेरिकी राष्ट्रपतिले मंगलबार इजरायल र इरानबीच युद्धविरामको घोषणा गरेका थिए। तर इरानले आक्रमण जारी राखेको छ। इरानका विदेशमन्त्री सईद अब्बास अरघचीले भनेका छन्, “यदि इजरायलले सैन्य कारबाही बन्द गर्छ भने, इरानले बदला लिने कुनै योजना बनाएको छैन।”

इजरायल सरकारले भने हालसम्म घटनाबारे कुनै औपचारिक प्रतिक्रिया दिएको छैन।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल