2026-06-26 08:06 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

अमेरिका र चीनबीच व्यापारसम्बन्धी सम्झौतामा हस्ताक्षर

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र चीनले व्यापारमा एक सम्झौतामा हस्ताक्षर गरेको बताउनुभएको छ । उहाँले भारतसँग पनि चाँडै सम्झौता हुने अपेक्षा गरिएको बताउनुभयो ।
वाणिज्यमन्त्री हावर्ड लुटनिकले ब्लुमबर्ग टिभीलाई यो हप्ताको सुरुमा सम्झौतामा हस्ताक्षर भएको जानकारी दिनुभयो । लुटनिक वा ट्रम्पले सम्झौताका बारेमा कुनै विवरण दिनुभएको छैन ।
“हामीले भर्खरै चीनसँग हस्ताक्षर गर्‍यौँ”“, ट्रम्पले बिहीबार राति भन्नुभयो ।
लुटनिकले यो सम्झौतामा दुई दिनअघि ‘हस्ताक्षर र छाप लगाइएको’ बताउनुभयो ।
यो मे महिनाको सुरुमा जेनेभामा भएको प्रारम्भिक वार्ताको परिणाम हो । वार्ताले दुवै पक्षलाई ठूला भन्सार शुल्क वृद्धि स्थगित गर्न प्रेरित गरेको थियो । भन्सार शुल्क वृद्धिले दुई देशबीचको धेरैजसो व्यापार स्थगित गर्ने खतरा थियो ।
पछि लन्डनमा भएको वार्ताले वार्ताका लागि रूपरेखा तय ग¥यो र ट्रम्पले उल्लेख गरेको सम्झौताले त्यो सम्झौतालाई औपचारिक रूप दिएको देखिन्छ ।
“राष्ट्रपतिले यी सम्झौताहरू आफैँ पूरा गर्न मन पराउनुहुन्छ । उहाँ सम्झौता निर्माता हुनुहुन्छ । हामी एकपछि अर्को सम्झौता गर्नेछौँ”, लुटनिकले भन्नुभयो ।
चीनले कुनै नयाँ सम्झौताको घोषणा गरेको छैन, तर यसले यस हप्ताको सुरुमा दुर्लभ खनिज तत्व, विद्युतीय सवारी जस्ता उच्च–टेक उत्पादनहरूमा प्रयोग हुने सामग्रीहरूको निर्यात स्वीकृतिको गति बढाइरहेको घोषणा गरेको थियो । दुर्लभ खनिज तत्वको निर्यातमा बेइजिङको सीमाहरू विवादको मुख्य विन्दु भएको छ ।
चिनियाँ वाणिज्य मन्त्रालयले बिहीबार बेइजिङले दुर्लभ खनिज तत्वहरूका लागि निर्यात इजाजतपत्र आवेदनहरूको समीक्षालाई गति दिइरहेको र ‘निश्चित सङ्ख्यामा अनुपालन आवेदनहरू’ स्वीकृत गरेको बताएको छ ।
चीनले अप्रिलमा सात दुर्लभ खनिज तत्वमा अनुमति आवश्यकताहरू लगाएपछि खनिजहरूको निर्यात नियन्त्रणले बेइजिङ र वासिङ्टनबीचको पछिल्लो व्यापारिक वार्तामा भन्सार शुल्कहरूलाई उछिनेको देखिन्छ । ती खनिजको निर्यात नियन्त्रणले अमेरिका र विश्वभरका कारहरू, रोबोटहरू, हावा टर्बाइनहरू र अन्य उच्च प्रविधिका उत्पादनहरूको उत्पादनमा बाधा पुर्‍याउने खतरा छ ।
मे महिनामा जेनेभामा भएको सम्झौताले दुवै पक्षलाई ट्रम्पले आफ्नो व्यापार युद्ध बढाएको र आयात शुल्क तीव्र रूपमा बढाएका कारण लगाइएको दण्डात्मक शुल्क वृद्धि कम गर्न आह्वान गरेको थियो । फेन्टानिलको व्यापार र एल्युमिनियम र स्टिलमा लगाइएको भन्सार शुल्कसँग सम्बन्धित वासिङ्टनले लगाएको केही उच्च भन्सार शुल्कहरू यथावत छन् ।
द्रुत रूपमा परिवर्तन हुने नीतिहरूले विश्वका दुई ठूला अर्थतन्त्रमा प्रभाव पारिरहेको छ ।
आंशिक रूपमा कम्पनीहरू र घरपरिवारहरूले विदेशी सामानहरू किन्न हतार गरेका कारण अमेरिकी अर्थतन्त्र जनवरीदेखि मार्चसम्म वार्षिक शून्य दशमलव पाँच प्रतिशत दरले सङ्कुचित भयो ।
चीनमा कारखाना नाफा मे महिनामा एक वर्ष अघिको तुलनामा नौ प्रतिशतभन्दा बढी घटेको छ । यसमा अटो निर्माताहरूले त्यो गिरावटको ठूलो हिस्सा भोगेका छन् । जनवरी–मे महिनामा तिनीहरू वार्षिक आधारमा एक प्रतिशतभन्दा बढी घटे ।
ट्रम्प र अन्य अमेरिकी अधिकारीहरूले भारत लगायत अन्य धेरै देशसँग व्यापारिक सम्झौतामा पुग्ने अपेक्षा गरेको सङ्केत दिएका छन् ।
“हामी एकपछि अर्को सम्झौता गर्नेछौँ”, लुटनिकले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ