२०८३, २६ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

अमेरिकाद्वारा युक्रेनलाई केही सैन्य सहायता पठाउन रोक

२०८२, १८ असार बुधबार ११:५६

ह्वाइट हाउसले मङ्गलबार युक्रेनलाई बाइडेन प्रशासनको समयमा रुसी आक्रमणविरुद्धको लडाइँका लागि प्रतिज्ञा गरिएका केही मुख्य हतियार पठाउन रोकेको बताएको छ ।

तीन वर्षे युद्धका केही सबैभन्दा ठूला रुसी मिसाइल र ड्रोन आक्रमणहरूको सामना गरिरहेको युक्रेनलाई गोलाबारुद र वायु रक्षा प्रणालीसहित अन्य सैन्य सहायताको ढुवानी रोक्नुले ठूलो धक्का हुने सम्भावना छ ।

“हाम्रो देशको सैन्य समर्थन र विश्वभरिका अन्य देशहरूलाई सहयोगको डिओडी (रक्षा विभाग) समीक्षापछि अमेरिकाको हितलाई पहिलो प्राथमिकता दिन यो निर्णय गरिएको हो”, ह्वाइट हाउसका उप प्रेस सचिव अन्ना केलीले एक इमेलमा एएफपीलाई भन्नुभयो ।

सैन्य सहायता कटौतीले रूस र युक्रेनलाई अवरुद्ध शान्ति वार्तालाई गति दिन दबाब दिनुभएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्राथमिकताहरूमा सम्भावित परिवर्तनको सङ्केत गर्दछ ।

शत्रु राष्ट्रहरूबीच १२ दिने घातक द्वन्द्वपछि गाजामा सम्भावित युद्धविराम व्यवस्थापनमा र इरान–इजरायल तनाव कम गर्नमा ठूलो भूमिका खेल्न ट्रम्प अगाडि बढ्नुभएको छ ।

पोलिटिकोका अनुसार नाम उल्लेख नगर्ने सर्तमा यसअघि सैन्य सहायता रोकिएको खबर दिएका अमेरिकी अधिकारीका अनुसार पहिले प्रतिज्ञा गरिएका केही गोलाबारुदको भण्डार धेरै कम भएको र केही बाँकी पठाइने हतियारहरू अब नपठाइने पेन्टागनको समीक्षाले निर्धारण गरेको छ ।

“संयुक्त राज्य अमेरिकाको सशस्त्र बलको शक्ति निर्विवाद छ– इरानलाई सोध्नुहोस्”, इरानको आणविक सुविधाहरूमा हालैको अमेरिकी बम विस्फोट र मिसाइल आक्रमणको सन्दर्भमा केलीले भन्नुभयो ।

पोलिटिको र अन्य अमेरिकी मिडियाले प्याट्रियट एयर डिफेन्स सिस्टमका लागि मिसाइलहरू, सटीक तोपखाना र हेलफायर मिसाइलहरू रोकिएका वस्तुहरू परेको बताएका छन् ।

गत हप्ता नेदरल्यान्ड्समा भएको नाटो शिखर सम्मेलनमा युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले ट्रम्पसँग भेट गर्नुभएको थियो र प्याट्रियट एयर डिफेन्स सिस्टममा अमेरिकी नेताको अस्पष्ट प्रतिक्रिया पाएको देखिन्थ्यो ।

“हामी केही उपलब्ध गराउन सक्छौँ कि भनेर हेर्न जाँदैछौँ”, किएभले रुसी आक्रमणहरूलाई गोली हानेर खसाल्न खोजिरहेको क्षेप्यास्त्रबारे ट्रम्पले भन्नुभयो, “तिनीहरू प्राप्त गर्न धेरै गाह्रो छ ।”

– हजारौँ ड्रोन –

युक्रेनको खार्किभ क्षेत्रमा रुसी ड्रोन आक्रमणले एक जनाको मृत्यु भएको र अर्का एक जना घाइते भएको प्रदेशका गभर्नरले बुधबार बिहान बताएका छन् ।

यो आक्रमण युक्रेनी ड्रोन आक्रमणहरूपछि भएको हो । अग्रपङ्क्तिबाट छ सय २० माइल (एक हजार किलोमिटर) भन्दा बढी टाढा आक्रमण गर्दै युक्रेनी ड्रोन आक्रमणले मङ्गलबार रुसी सहर इजेभस्कमा तीन जनाको ज्यान लिएको थियो र दर्जनौँलाई घाइते बनाएको थियो । यो अहिलेसम्म रुस भित्रको सबैभन्दा गहिरोमध्ये एक आक्रमण थियो ।

मङ्गलबार प्रकाशित एएफपी विश्लेषणले युक्रेनको विस्तारित हवाई रक्षा प्रणाली र थकित नागरिक जनसङ्ख्याले क्रेमलिनको बढ्दो दबाब महसुस गरेपछि रुसले जुनमा नाटकीय रूपमा हवाई आक्रमणहरू बढाएको र हजारौँ ड्रोन प्रहार गरेको पत्ता लगाएको छ ।

स्टकहोम इन्टरनेसनल पिस रिसर्च इन्स्टिच्युट (सिप्री) को अप्रिलको एक रिपोर्टले विश्वको अन्य कुनै पनि देशको तुलनामा रक्षामा आफ्नो कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को बढी खर्च गरे पनि युक्रेनलाई रुसले हतियारमा पछाडि पारेको देखाएको छ ।

सिप्रीका अनुसार सन् २०२४ मा युक्रेनको सैन्य खर्च ६४ अर्ब ७० करोड डलर थियो । किएभ हतियार र सहायताका लागि युरोप र संयुक्त राज्य अमेरिकाका आफ्ना सहयोगीहरूमा धेरै निर्भर छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनलाई मङ्गलबार पश्चिमले ‘धेरै वर्षदेखि रुसको सुरक्षा चासोलाई बेवास्ता गरेको’ भन्दै त्यस समर्थनले युद्धको ज्वाला भड्काएकोमा पश्चिमलाई दोष दिनुभयो ।

ट्रम्पको राष्ट्रपति कार्यकालसँगै ह्वाइट हाउसको स्वर युक्रेनमा खुलेर परिवर्तन भएको छ ।

आफ्नो प्रशासनले युक्रेनका लागि थप दुई अर्ब डलरको हतियार घोषणा गरेको बेला सन् २०२२ मा तत्कालीन राष्ट्रपति जो बाइडेनले ह्वाइट हाउसमा जेलेन्स्कीलाई स्नेहपूर्वक अँगालो हाल्नुभएको थियो ।

यस वर्षको सुरुमा जेलेन्स्कीको वासिङ्टन भ्रमणका क्रममा ओभल अफिसको बैठकमा ट्रम्प र उपराष्ट्रपति जेडी भान्सले क्यामेरामा उहाँको अपमान गर्नुभएको थियो । भान्सले जेलेन्स्कीलाई कृतघ्नता आरोप लगाउनुभएको थियो ।

एएफपीले ढुवानी रोकिने र यो किन भइरहेको छ भन्ने बारेमा टिप्पणीका लागि सोधेको प्रश्नमा पेन्टागनले प्रत्यक्ष प्रतिक्रिया दिएको छैन ।

तर यसका प्रमुख प्रवक्ता सिन पार्नेलले भन्नुभयो, “राष्ट्रपति ट्रम्प र मन्त्री (पिट) हेगसेथको नेतृत्वका कारण अमेरिकाको सेना कहिल्यै यति तयार र सक्षम भएको थिएन ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिक निर्वाचनमा दलहरुको खर्च सार्वजनिक सरकार नाजीवादको घोडामा चढेर हिंडिरहेको छ: सुदन किराँती शिक्षामन्त्री पोखरेल र अष्ट्रेलियाली राजदूतबीच भेटवार्ता टिपरले मोटरसाइकलाई ठक्कर दिँदा एक जनाको मृत्यु ९ दिनदेखि हराइरहेकी महिला मृत फेला प्रधान न्यायाधीशमा सिफारिस भएका डा. शर्माको संसदीय सुनुवाइ आजैबाट थालिने नेप्से परिसूचक २७.४९ अंकले बढ्यो लागुऔषधसहित १३ जना पक्राउ विदेशस्थित १५ अवैतनिक दूत पदमुक्त गर्ने सरकारको निर्णय समयको गतिसँगै पार्टीको कार्यशैली र पद्धतिमा व्यापक सुधार गर्नुपर्छ: देवराज चालिसे राष्ट्रपतिले सोमबार संसद्को संयुक्त बैठकमा सम्बोधन गर्ने नदीजन्य तथा खानीजन्य पदार्थको उत्खननलाई स्वीकृत मापदण्डबमोजिम गराउन प्रधानमन्त्री कार्यालयको निर्देशन सुनको मूल्य बढ्यो संवैधानिक परिषद बैठक सुरू हुरीका बेला सतर्कता अपनाउन आग्रह महेश बस्नेतकी पत्नी अम्बिकासहित १० जनालाई धरौटीमा रिहा गर्न अदालतको आदेश आँबुखैरेनी–मुग्लिन सडक अवरुद्ध विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गर्ने पाँच जना पक्राउ बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु नेप्से परिसूचकमा सामान्य सुधार