2026-11-03 06:12 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

मानव बेचबिखनसम्बन्धी ऐन कार्यान्वनको अवस्थाबारे अध्ययन गरिने

2025-07-03
काठमाडौँ । प्रतिनिधिसभाअन्तर्गत महिला तथा सामाजिक समितिले सङ्गठित अपराधको रूपमा ‘मानव बेचबिखन तथा ओसारपसार(नियन्त्रण) ऐन, २०६४’ को कार्यान्वयन अवस्थाबारे अध्ययन गर्ने भएको छ ।
समितिको आज बसेको बैठकले बेचबिखनको उच्च जोखिममा रहेका तथा बेचबिखन तथा ओसारपसारमा परेका पीडितको न्यायमा पहुँचको सुनिश्चितता गर्ने उद्देश्यले सो कानुनको कार्यान्वनको अवस्थाबारे अध्ययन गरिने समितिका सभापति किरणकुमार शाहले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “समितिको आजको बैठकले सङ्गठित अपराधको रूपमा विश्वभर फैलिएको मानव वेचबिखनबाट प्रभावित व्यक्तिको आत्मसम्मान, स्वतन्त्रता र मौलिक हकको संरक्षण गर्न, स्वदेश तथा विदेशमा मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी आरोप लागेका व्यक्तिलाई कानुनको दायरामा ल्याउन यो ऐन निर्माण गरिएकाले यसको कार्यान्वयनको अवस्थाबारे अध्ययन गर्ने निर्णय गरेको छ ।”
समितिले ऐनको स्थिति, त्यसको असर, प्रभावलगायत विषयका आधारमा ऐन कार्यान्वयनको मापन गर्ने जनाएको छ ।
—

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक युक्रेनमा रुसी आक्रमण : मृत्यु हुनेको सङ्ख्या २९ पुग्यो, ४८ जना बेपत्ता एनपीएल : टस जितेर लुम्बिनीले रोज्यो बलिङ, पोखरा पहिले ब्याटिङ गर्दै छिटो र सहज न्यायका लागि मेलमिलापसम्बन्धी विधेयक ल्याइएको हो : कानूनमन्त्री गौतम एनपीएल : विराटनगरसँग जनकपुर २ रनले पराजित डोल्पा कारागारबाट सुरुङ खनेर भागेका ८ कैदीमध्ये दुई जना पक्राउ कांग्रेसको आन्तरिक विषयमा हस्तक्षेप नगर्नू : देवराज चालिसे एनपीएल : विराटनगरद्वारा जनकपुरलाई १७५ रनको लक्ष्य सरकारको कार्यशैलीमाथि कांग्रेसको प्रश्न, संसद्‌मै छलफल गर्न माग एनपीएल : जनकपुरविरुद्ध इमरान शेखको अर्धशतक रुपन्देहीमा महिला हत्या प्रकरण : चार जना पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै एनपीएल : टस जितेर जनकपुरले रोज्यो बलिङ, विराटनगर पहिले ब्याटिङ गर्दै ट्रम्पको लोकप्रियताको परीक्षा : अमेरिकामा आज मध्यावधि निर्वाचन जुनसुकै कम्पनीको ग्यास सिलिन्डर साट्न पाउनुपर्ने माग गर्दै सर्वोच्चमा रिट नेपाली बजारमा सुनको मूल्यमा वृद्धि, चाँदी सस्तियो सरकारलाई असहयोग गर्दैनौँ, गलत काम गरे प्रश्न उठाउँछौँ : प्रदीप पौडेल मध्यपूर्वका नेपाली श्रमिकका मुद्दा राष्ट्रिय नीतिमा स्थापित हुँदै, ९औँ एनआरएनए क्षेत्रीय सम्मेलन कतारमा हुँदै निर्वाचन आयोगमा गगन थापा नेतृत्वको कांग्रेस कार्यसमिति अद्यावधिक एनपीएल : सुदूरपश्चिमले टस जितेर बलिङ रोज्यो, चितवन ब्याटिङमा