२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मधेश प्रदेश

मटिहानी नगरभित्रका सडक कालोपत्र गरिँदै

१९ असार २०८२, बिहीबार १७:०४
काठमाडौं । मटिहानी नगरपालिका-४ र ५ का मझौरा, बिसनपुर र गोबरौरा बस्तीका सडकमा तीवै गतिमा कालोपत्र भइरहेको छ । विकासको अवसरबाट पर रहेका यहाँका सर्वसाधारण बस्तीमा धमाधम सडक कालोपत्र हुन थालेपछि खुसी भएका छन् ।
“देखियौँ, हमरो गाममें सडक पिच बैनरहल अई” (हाम्रो बस्तीको सडक पनि कालोपत्र हुँदैछ) धमाधम कालोपत्रे भइरहेको सडकतिर देखाउँदै मटिहानी-४ का चन्देश्वर रजकले भन्नुभयो, “आब गामक रुख बदैलगेल” (अब बस्तीको रूप बदलियो) । सडक कालोपत्र हुन थालेपछि यी बस्तीका बासिन्दा खुसी देखिन थालेका छन् ।
बिसनपुरका इशाक कवारीले भन्नुभयो, “इन्तजार कर परैछै, सबके दिन अबैछै” (पर्खन पर्दो रहेछ, सबका दिन आउँदा रहेछन्) । कालोपत्र हुन थालेपछि बस्तीको सौन्दर्य बढेसँगै आपूmहरूको जीवन सहज हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । गोबरौराका शिव साहले सडक कालोपत्र भएसँगै कृषि उपज बजारसम्म पु¥याउन सहज हुनुका साथै व्यापार बढ्ने बताउनुभयो ।
सङ्घीय सरकार मातहतको सहरी विकास तथा भवन निर्माण विभागको सघन सहरी विकास कार्यक्रमअन्तर्गत मटिहानी–४ को मझौरा प्रवेशद्वारबाट बिसनपुर हुँदै मटिहानी–५ को गोबरौरासम्मको चार किलोमिटर सडकमा कालोपत्र गर्न थालिएपछि बस्तीका बासिन्दा खुसी छन् ।
कृषि उत्पादन सजिलै बजार पुग्ने र आपत्विपद्मा शीघ्र गन्तव्यमा पुगिने नगरप्रमुख हरिप्रसाद मण्डलले बताउनुभयो । कालोपत्र सम्पन्न भएपछि करिब १५ हजार जनसङ्ख्या लाभान्वित हुने उहाँले जानकारी दिनुभयो ।
सहरी विकास तथा भवन निर्माण विभागले करअतिरिक्त नगरपालिकालाई उपलब्ध गराएको रु २७ करोड ९९ लाख ७४ हजार ५७७ मध्ये मझौरा–बिसनपुर–गोबरौरा सडक कालोपत्रमा रु चार करोड खर्च हुने नगर कार्यपालिकाका प्राविधिक शाखाका प्रमुख इञ्जिनियर विमलेश साहले बताउनुभयो । सडक विस्तार तथा कालोपत्र अन्य वडाबस्तीमा पनि गर्दै जाने उहाँको भनाइ छ ।
वर्षौँदेखि धुलो, हिलो र अव्यवस्थित सडकले यातायात, व्यापार, स्वास्थ्य सेवा र शिक्षाको पहुँचमा सास्ती खेपिरहेका मझौरा, बिसनपुर र गोबरौराका बासिन्दाका लागि सडक कालोपत्र सम्पन्न भएपछि दैनिकी सहज हुने मटिहानी-४ का वडाध्यक्ष अब्दुर गफार राइनले बताउनुभयो ।
कालोपत्रको नियमित अनुगमन गरिरहनुभएका नगरप्रमुख मण्डलले केही दिनभित्र काम सम्पन्न हुने जानकारी दिनुभयो । नगरका बस्तीबस्तीसम्म सडक सञ्जाल विस्तार र स्तरोन्नति गर्ने लक्ष्यका साथ नगरले काम गरिरहेको उहाँको भनाइ छ । नगरमा बढेको पूर्वाधार निर्माणले आफ्नो ठाउँ शीघ्र ‘स्मार्ट सिटी’ का रूपमा विकास हुने स्थानीयले अपेक्षा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ