2026-11-11 01:45 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

आप्रवासन कार्यमा सहयोग गर्न फ्लोरिडामा २०० नौसैनिक परिचालन

दक्षिणपूर्वी राज्यमा भइरहेको आप्रवासन प्रवर्तन छापाहरूका लागि प्रशासनिक र सामग्रीगत सहयोग प्रदान गर्न बिहीबार करिब दुई सय मरिनलाई फ्लोरिडामा परिचालन गरिएको छ ।
यो परिचालन अमेरिकी गृह सुरक्षा विभागले आफ्नो अध्यागमन तथा भन्सार प्रवर्तन (आइसिई) एजेन्सीलाई राष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रवासी दमन कार्यमा सहयोग गर्न अनुरोध गरेको पहिलो चरण हो । यो ट्रम्पको दोस्रो कार्यकालको मुख्य प्राथमिकता हो ।
रक्षामन्त्री पिट हेगसेथले दक्षिणी अमेरिकी राज्य लुइसियाना र टेक्सासका लागि थप परिचालनको योजनासहित सात सय सैनिक परिचालनलाई अनुमोदन गर्नुभएको अधिकारीहरूले बताएका छन् ।
“यस मिसनमा भाग लिने सेवा सदस्यहरूले आइसिई सुविधाहरूभित्र कडाइका साथ गैर–कानून प्रवर्तन कर्तव्यहरू पालन गर्नेछन्”, युएस नर्दन कमान्डले एक विज्ञप्तिमा भन्यो, “तिनीहरूको भूमिकाले प्रशासनिक र तार्किक कार्यहरूमा ध्यान केन्द्रित गर्नेछ र उनीहरूलाई विशेष गरी आइसिई हिरासतमा रहेका व्यक्तिहरूसँग प्रत्यक्ष सम्पर्क गर्न वा हिरासत शृङ्खलाको कुनै पनि पक्षमा संलग्न हुन निषेध गरिएको छ ।”
यस हप्ताको सुरुमा ट्रम्पले फ्लोरिडाको नयाँ आप्रवासी हिरासत केन्द्रको भ्रमण गर्नुभयो । ‘एलिगेटर अल्काट्राज’ भनिने यो हिरासत केन्द्रमा एक हजार मानिस बस्न सक्छन् ।
आइसिईले गरेको आप्रवासन छापाको विरोधमा ट्रम्पले चार हजार नेसनल गार्ड सदस्य र सात सय मरिनलाई लस एन्जलस, क्यालिफोर्नियामा पठाएको एक महिनापछि पनि यो परिचालन आएको हो ।
क्यालिफोर्नियाका अधिकारीहरूले ट्रम्पको सेनाको प्रयोगको कडा आलोचना गर्दै यसले स्थानीय कानून प्रवर्तनले नियन्त्रण गर्न सक्ने विरोधलाई बढाएको बताएका छन् ।
ट्रम्प प्रशासनले अशान्ति रोक्न र सङ्घीय सम्पत्ति र कर्मचारीहरूको सुरक्षाका लागि परिचालन आवश्यक रहेको जोड दिएको छ ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवाको आरोप : १८ करोड खर्च गरेर कांग्रेसको आधिकारिकता किनियो कुकुर तिहारजस्ता पर्वलाई अन्तरराष्ट्रियकरण गर्नुपर्छः सबिना काफ्ले दरबारमार्गमा लागेको आगो नियन्त्रणमा छठ मनाउन रवि लामिछाने जनकपुरधाम जाने भ्रममाथि तथ्य र असत्यमाथि सत्यको विजय होस् : दानबहादुर कार्की घोप्टेभीरमा सुक्खा पहिरो, पृथ्वी राजमार्ग खुलाउने प्रयास जारी आज देशभर श्रद्धा र भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदै सुनचाँदीको मूल्य स्थिर, सुन प्रतितोला २ लाख ८३ हजार रुपैयाँ कायम सुतिरहेका बेला एक्कासि हँसिया प्रहारबाट एक महिलाको मृत्यु काठमाडौँको दरबारमार्गमा आगलागी सरकारको कामकारबाही हिन्दी जासुसी फिल्मजस्तै, कतिबेला कसलाई पक्राउ गरिने हो टुंगो छैन : प्रचण्ड देशमा न्याय मरेको छैन भने सर्वोच्चबाट हामीले नै आधिकारिकता पाउँछौं : महत एनपीएल : काठमाडौँ गुर्खाजविरुद्ध लुम्बिनी लायन्सले जित्यो टस, पहिले बलिङ गर्ने कर्णालीको योगदानको राज्यले उचित मूल्याङ्कन गरेन : संयोजक प्रचण्ड देउवा पक्षको काठमाडौँ जिल्ला अधिवेशन सुरु सर्वोच्चका चार प्रस्तावित न्यायाधीशको संसदीय सुनुवाइ सकियो मिडियामाथिको नियन्त्रण प्रयासविरुद्ध माइतीघरमा युवाहरूको प्रदर्शन भोटेकोशी बाढीमा बेपत्ता २ हजार २९४ जनाको सूची सार्वजनिक, दाबी गर्न सात दिनको समय तिहारमा फूलको माग बढेसँगै माला महँगियो, उपभोक्ता प्रभावित २४ र २५ गते काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन प्रभावित हुने