काठमाडौँ । भरतपुरमा हिजो एक सात वर्षीय बालकले महिलाले लगाएको सिक्री चोरी गर्न खोज्दै गर्दा समातिएका छन् । भरतपुर–२६ ज्योतिनगरस्थित हाटबजारमा किनमेल गर्न गएकी स्थानीय महिलाको सिक्री बच्चाले चोरी गर्न तान्दै गर्दा फेला पारिएको हो । बच्चाको घर भारतमा भएका खुलेको छ।
स्थानीय ५० वर्षीया कलावती वाग्लेले लगाएको डेढ तोलाको सुनको सिक्री तान्दै गर्दा फेला परेका बालक भारतको बेतिया घर बताउने सात वर्षीय चन्दनकुमार राय हुन् । उनलाई प्रहरी पोष्ट ज्योतिनगरको टोलीले नियन्त्रणमा लिएर थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय चनौली पठाइएको थियो ।
खासगरी भारत र मधेसतिरबाट अभिभावकसँगै आएका स–साना केटाकेटीहरु यताका शहर,बजारमा बाटो हिँड्नेहरुसँग जबरजस्ती पैसा माग्नसमेत बढी मात्रामा खटिँदै आएका छन् भने कतिपय यी बच्चाहरु चोरीमासमेत संलग्न रहँदै आएको पाइन्छ ।