२०८२, १९ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संवैधानिक परिषद्लाई समावेशी र ठीक ढङ्गले चलाउनुपर्नेमा जोड

२०८२, २४ असार मंगलवार १६:५८
काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा ‘संवैधानिक परिषद् (काम कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयकमाथि राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस्’ भन्ने प्रस्तावमाथि छलफल भए पनि स्वीकृत गरिएन ।
सो प्रस्तावमाथि सांसदहरुले आफ्नो धारणा राखेर प्रधानमन्त्रीका तर्फबाट रक्षामन्त्री मानवीर राईले जवाफ दिने समयमा सभामुख देवराज घिमिरेले विशेष कारणवश कार्यसूचीबाट हटाइएको जानकारी गराउनुभयो ।
त्यसअघि सांसद वर्षमान पुनले संवैधानिक परिषद्लाई समावेशी बनाउनुपर्ने र ठीक ढङ्गले चलाउनुपर्ने बताउनुभयो । उहाँले विगतमा परिषद्लाई दुरुपयोग गरिएको घटनाक्रमले पुष्टि गरेको उल्लेख गर्दै परिषद्मार्फत नियुक्ति भएर आउने व्यक्तिहरु स्वेच्छाचारी भएको धारणा राख्नुभयो ।
सांसद प्रकाश ज्वालाले परिषद्को निर्णय प्रक्रिया र विधिमा सरकार हाबी भएको विगतको घटनाक्रमले स्पष्ट पारेको उल्लेख गर्दै नयाँ विधेयकमा समेत प्रधानमन्त्री र अर्का एक जना सदस्य मात्रै उपस्थित भए पनि नियुक्तिका लागि सिफारिस गर्ने प्रावधानले अराजकता निम्त्याउने धारणा राख्नुभयो ।
सांसद चन्द्र भण्डारीले संवैधानिक निकायमा योग्य र दक्ष मानिस नियुक्त गर्न छाडेर आफ्ना मानिस नियुक्त गर्दा देशले अग्रगति लिन नसकेको बताउनुभयो । सांसद पूर्णबहादुर घर्तीले संवैधानिक परिषद्को निर्णय पारदर्शी र विधिसम्मत् हुनुपर्ने बताउनुभयो । परिषद् दल विशेषको निकाय नभए पनि विगतमा त्यस्तो प्रयास भएको उहाँको भनाइ छ ।
सांसद प्रेम सुवालले संवैधानिक निकायमा नियुक्त हुने व्यक्ति योग्य र दक्ष नभएको अभ्यासका क्रममा पाइएको, न्यायाधीश नियुक्त भएका व्यक्तिहरु पार्टी कार्यालय पुगेको दष्ृटान्त पेस गर्नुभयो । सांसदद्वय नारायणी शर्मा र माधव सापकोटाले राज्यका निकायलाई विधिसम्मत् ढङ्गले चलाउनुपर्ने भए पनि त्यस्तो हुन नसकेको बताउनुभयो । प्रतिनिधिसभाको अर्को बैठक यही असार २५ गते बुधबार अपराह्न १ः०० बजे बस्नेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण