2026-10-05 01:44 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

‘चाँगुनारायणमा कला, कलामा साहित्य महोत्सव’ को तयारी पूरा

2025-07-11
काठमाडौं ।  विश्वसम्पदा सूचीमा रहेको ऐतिहासिक चाँगुनारायण मन्दिरमा भानु जयन्तीका अवसर चाँगुनारायण नगरपालिका नगरकोट भ्रमण वर्ष–२०८२ सचिवालयले आयोजना गर्न लागेको ‘चाँगुनारायण कला, कलामा साहित्य महोत्सव’ को तयारी पूरा भएको छ ।
नगरपालिकाले नगरकोट भ्रमण वर्ष–२०८२ को कार्यक्रमअन्तर्गत यही असार २९ गते महोत्सव आयोजना गर्दैछ । मन्दिर परिसरमा आयोजना गर्ने महोत्सवको सम्पूर्ण तयारी पूरा भएको भ्रमण वर्ष सचिवालयका सदस्यसचिव एवं नगरपालिकाका पर्यटन शाखा प्रमुख गोविन्द कट्टेलले जानकारी दिनुभयो ।
कला र साहित्यको संयोजनलाई एकै ठाउँमा जोड्दै चाँगुनारायणदेखि नगरकोटसम्मका प्रमुख पर्यटकीय गन्तव्यलाई विश्वभरका पर्यटकमाझ पुर्याउने लक्ष्यका साथ कलाकारले कोरेको चित्रमा साहित्यकारले कविता रचना गरेर वाचन गर्नेगरी महोत्सवको आयोजना गरिएको उहाँले आज सञ्चारकर्मीहरुलाई जानकारी दिनुभयो ।
चित्र हेर्दै कोरेका कवितालाई चर्चित कविहरु डा सुलोचना मानन्धर, पुरु लम्साल, स्नेह सायमी, श्रवण मुकारुङ, नारायण श्रेष्ठ, गीता त्रिपाठी, मणि लोहनी, अभय श्रेष्ठ, सन्ध्या पहाडी, राधिका कल्पित, हरिहर तिमिल्सिना र विमला तुम्खेवाले वाचन गर्नुहुनेछ ।
यसैगरी, विना थिङ, लक्ष्मी माली, जुनु घिमिरे, दधिराम गेलाल, लक्ष्मी रुम्वा, लक्ष्मी थापा, प्रगति राई, अनन्त वाग्ले, धर्मेन्द्रविक्रम नेम्वाङ, दीपक सापकोटा, गुरुङ सुशान्त, अमनप्रताप अधिकारी, सीता तुम्खेवा, स्वप्तिन स्मृति, डा सरोज धिताल, नरेन्द्रकुमार गेलाल, अप्सरा लावती, विप्लव प्रतीक, रामशरण न्यौपान, रामगोपाल आसुतोष र कविराज घिमिरेले समेत कविता वाचन गर्नुहुनेछ ।
उहाँहरूले चाँगुनारायणका सम्पदा एवं पर्यटकीय क्षेत्रहरू चाँगुनारायण मन्दिर, ज्योर्तिलिङ्गेश्वर, मत्स्यनारायण, नगरकोट भ्याली भ्यू, विष्णु नारायण, तामाङ समुदायको सांस्कृतिक नृत्य, त्रिशूल, रानीझुला, महामञ्जुश्री, वाल्मीकेश्वर, मुहान पोखरी, बोझिनी ड्याम, बाँस्तोला गाउँ होमस्टे, सरस्वती मन्दिर, मनोहराफाँटलगायतका विभिन्न चित्रलाई कवितामा उतारेर वाचन गर्नुहुनेछ ।
कार्यक्रमका लागि चित्रकारहरु दीपेन्द्रमान बनेपाली, मुकेश श्रेष्ठ, प्रकाश मानन्धर, कान्छाकाजि भासिमा, राजेन्द्रप्रसाद याकामी, लक्ष्मीप्रसाद खोतेजा, पुण्यराम मावा, पर्वत श्रेष्ठ, जुजुभाइ वासं श्रेष्ठ, अशुराम खाइजु, मङ्गलकृष्ण प्रजापति, राजन श्रेष्ठ, रामशरण प्रजापति, सरोज लामिछाने, गौरीमाया कोजु, दीपेशमान सिं प्रधान, झलक केसी, अञ्जन अधिकारी, चन्द्रा श्रेष्ठ, राधेश्याम कर्माचार्य, किशोर नकर्मी, चन्द्र श्रेष्ठ गरी २२ कलाकारले क्यान्भासमा यहाँका सम्पदाहरुलाई चित्रमा उतार्नु भएको छ ।
नेपालकै पुरानो ऐतिहासिक संरचना र धार्मिक धरोहरका रुपमा रहेको चाँगुनारायण र यहाँको सम्पदालाई विश्वमाझ पु¥याउन नगरपालिकाले भ्रमण वर्ष आयोजना गरेका सन्दर्भमा महोत्सव आयोजना गर्न लागिएको नगरप्रमुख जीवन खत्रीले बताउनुभयो । उहाँले भन्नुभयो,“कलाकारले उतारेका चाँगुनारायणभित्रका सम्पदा एवं पर्यटकीय क्षेत्रका चित्रको प्रदर्शनीसमेत गरिने उक्त कार्यक्रममा वरिष्ठ कलाकार र साहित्यकारले भ्रमण वर्ष लक्षित विभिन्न प्रदर्शनीमा रहेका चित्रलाई कवितामा उतार्ने र तिनलाई वाचन गर्दै महात्सव मनाउने छौँ । चित्रकारसँग कविलाई जोड्दै सम्पन्न हुने यस महोत्सवले पर्यटन विकासमा टेवा पुर्याउने विश्वास लिएका छौँ ।”
महोत्सवमा ३३ कविहरूले कविता वाचन गर्ने र २३ कलाकारले कोरेका चित्रहरू प्रदर्शनीमा राखिने छन् ।
—

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५ औँ महाधिवेशनको बन्दसत्र सुरु विपद् व्यवस्थापनमा सरकार निरन्तर खटिरहेको छ : प्रधानमन्त्री शाह लगानीको वातावरण सुधार्न प्रक्रियागत झन्झट हटाउनुपर्छ : मन्त्री गौतम सभापति गगन थापाले केन्द्रीय समितिमा पेस गरे राजनीतिक प्रस्ताव अरिङ्गालको टोकाइबाट दुई बालकको मृत्यु, दुई गम्भीर घाइते मन्त्रिपरिषद बैठक बस्दै नेपाली बजारमा सुनको मूल्य घट्यो, चाँदीको बढ्यो दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइका लागि पेसी तोकियो कांग्रेस महाधिवेशन: बन्दसत्रअघि केन्द्रीय समिति बैठक, मंगलबारदेखि उम्मेदवारी दर्ता त्रिविका सबै परीक्षा केन्द्रमा सीसी क्यामरा अनिवार्य बदलिएको परिस्थितिमा पुरानै शैलीले चुनौती सामना गर्न सकिँदैन : प्रचण्ड हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह रास्वपा केन्द्रीय समितिको बैठक सुरु विश्व बजारमा खाद्य वस्तुको मूल्य फेरि बढ्यो, चिनी र गहुँको भाउ उच्च दाउन्ने बस दुर्घटना: मृत्यु भएका ६ जनाकै सनाखत, १२ घाइते कैलालीमा प्रहरीमाथि कुटपिट, तीन जना पक्राउ कांग्रेस महामन्त्रीमा सुनिल शर्माको उम्मेदवारी घोषणा, ‘कांग्रेस फुटेको छैन’ काठमाडौँमा दुई दिन विद्युत् अवरुद्ध हुने, कुन-कुन क्षेत्रमा ? देउवा समूहबाट आरजु राणा क्षेत्रीय प्रतिनिधि चयन अमेरिकी भिसामा कडाइ, नेपालसहित ५० देशका नागरिकलाई २० हजार डलरसम्म बन्ड अनिवार्य