2026-10-22 05:25 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

‘युरोपेली हितको रक्षा गर्न’ वार्ता केन्द्रित हुनुपर्ने राष्ट्रपति म्याक्रोँको भनाइ

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली सङ्घमा ३० प्रतिशत कर लगाउने चेतावनीको विरोध गर्दै युरोपेली हितको दृढतापूर्वक रक्षा गर्न इयूको वार्ता समूहलाई आग्रह गर्नुभएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिको र युरोपेली सङ्घमाथि अगष्ट १ देखि लागू हुने गरी ३० प्रतिशत कर वृद्धि हुने चेतावनी दिनुभएको छ ।

उक्त घोषणाप्रति फ्रान्सको ‘कडा असहमति’ व्यक्त गर्दै म्याक्रोँले अगष्ट १ सम्ममा दुवै पक्ष सहमतिमा पुग्न असफल भएमा ‘सबै उपकरण परिचालन गरेर विश्वसनीय प्रतिकारको तयारीलाई तीव्रता दिन’ आग्रह गर्नुभएको छ ।

उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ, “अगष्ट १ सम्ममा पारस्परिक रूपमा स्वीकार्य सम्झौतामा पुग्न तीव्र हुने वार्तामा फ्रान्सले युरोपेली आयोगलाई पूर्ण समर्थन गर्दछ । यसले युरोपेली सङ्घ र संयुक्त राज्य अमेरिकाजस्ता व्यापारिक साझेदारहरूले एकअर्काप्रति गर्नुपर्ने सम्मानलाई प्रतिबिम्बित गर्दछ ।”

यसअघि शनिबार युरोपेली आयोगकी प्रमुख उर्सुला भोन डेर लेयेनले ट्रम्पले अगस्ट १ देखि लागु गर्ने भनिएको नयाँ करको सम्बन्धमा आलोचना गर्नुभएको थियो ।

युरोपेली आयोगकी प्रमुख भोन डेर लेयेनले एक विज्ञप्ति जारी गर्दै भन्नुभएको छ, “इयूको निर्यातमा ३० प्रतिशत कर लगाउँदा एटलान्टिक महासागरका दुवैतर्फका व्यवसाय, उपभोक्ता र बिरामीलाई हानि पुग्ने गरी आवश्यक ट्रान्साटलान्टिक आपूर्ति श्रृङ्खलामा खलल पुग्नेछ ।”

उहाँले भन्नुभयो, “हामी अगष्ट १ सम्ममा सम्झौताका लागि काम गर्न तयार छौं । साथै, हामी इयूको हितको रक्षाका लागि आवश्यक सबै कदम चाल्नेछौं, जसमा आवश्यक परेमा समानुपातिक प्रतिकारको उपाय अपनाउने उपाय पनि समावेश छ ।”

युरोपेली सङ्घ र अन्य दर्जनौं अर्थतन्त्रमाथि बुधबारदेखि अमेरिकी करको स्तर १० प्रतिशतको आधार रेखाबाट वृद्धि गर्ने तयारी गरिएको थियो तर ट्रम्पले शनिबार यो समय सीमालाई अगस्ट १ सम्मका लागि पछाडि सार्नुभएको थियो ।

अमेरिकी राष्ट्रपति ट्रम्पले मेक्सिको र युरोपेली सङ्घ (इयू)लाई लक्षित गर्दै ३० प्रतिशत कर वृद्धि गरिएको घोषणा शनिबार गर्नुभएको थियो ।

उहाँ आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा पोस्ट गरिएको औपचारिक पत्रमा भन्नुभएको छ, “करसम्बन्धी यी दुवै घोषणा अगस्ट १ देखि लागू हुनेछन् ।

राष्ट्रपति ट्रम्पले संयुक्त राज्य अमेरिकामा अवैध लागूपदार्थको प्रवाहमा मेक्सिकोको भूमिका र इयूसँगको व्यापार असन्तुलनलाई करवृद्धि गर्नुपर्नाको कारणको रूपमा उल्लेख गर्नुभएको छ ।

इयूले यो घोषणाको तीव्र आलोचना गर्दै यसले आपूर्ति श्रृङ्खलामा खलल पु¥याउने चेतावनी दिएको छ, तर समय सीमाभन्दा अगाडि नै सम्झौतामा वार्ता जारी राख्ने बताएको छ ।

राष्ट्रपति ट्रम्पले युरोपलाई ३० प्रतिशत कर लगाउने धम्की दिएपछि जर्मनीको औद्योगिक निकायले शनिबार वासिङ्टन र युरोपेली सङ्घ (इयू) लाई बढ्दो व्यापार द्वन्द्वको छिटो समाधान गर्न आग्रह गरेको थियो ।

‘राष्ट्रपति ट्रम्पको यो घोषणा एटलान्टिक महासागरका दुवैतर्फका उद्योगका लागि सचेतनाको आह्वान हो,” जर्मन इन्डस्ट्रिज फेडेरेसन (बिडिआई) ले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

“इयू र संयुक्त राज्य अमेरिकाको नजिकको रूपमा जोडिएको दुई आर्थिक क्षेत्रहरू बीचको व्यापार द्वन्द्वले आर्थिक पुनरुत्थान, आविस्कार र अन्ततः अन्तर्राष्ट्रिय सहयोगमाथिको विश्वासलाई हानि पुर्‍याउँछ,” बिडिआईका एक वरिष्ठ अधिकारी वुल्फगाङ निडरमार्कले भन्नुभयोे ।

महासङ्घले जर्मन सरकार, युरोपेली आयोग र अमेरिकी प्रशासनलाई तत्काल समाधान खोज्न र तनाव बढ्न नदिन आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ