2026-09-26 01:55 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

गत महिना चीनको अमेरिकातर्फको निर्यात पूर्वानुमानभन्दा बढी

वासिङ्टन र बेइजिङले एकअर्कामाथिको कर घटाउने सम्भावित सम्झौतामा सहमति जनाएपछि चीनको निर्यात जुनमा अपेक्षा गरिएभन्दा बढेको चीनको सरकारी तथ्याङ्कले सोमबार देखाएको छ ।

चीनको सामान्य कर प्रशासनको तथ्याङ्कअनुसार निर्यात अघिल्लो बर्षको सोही महिनाको तुलनामा ५.८ प्रतिशतले बढेको छ । यो अर्थशास्त्रीहरूले ब्लुमबर्ग सर्वेक्षणमा गरेको पाँच प्रतिशतको पूर्वानुमानभन्दा बढी हो ।

यो अवधिमा अमेरिकातर्फको आयात १.१ प्रतिशतले बढेको छ जुन अघिल्लो बर्षको जुन महिनाको भन्दा ०.३ प्रतिशतले बढी हो र यो वर्ष देखिएको पहिलो वृद्धि हो ।

पछिल्लो समय सुस्त बनेको चिनियाँ अर्थतन्त्रको लागि सुधारको आधारविन्दु मानिएको चीनको निर्यात सन् २०२४ देखिको सबैभन्दा उच्च बिन्दुमा पुगेको छ ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको व्यापक करवृद्धिका कारण संयुक्त राज्य अमेरिकासँगको व्यापार युद्धका कारण आर्थिक वृद्धिलाई निरन्तरता दिने बेइजिङको प्रयास प्रभावित भएको छ, यद्यपि गत महिना लण्डनमा भएको वार्तामा दुई देशबीचको विवादलाई कम गरिएको थियो ।

सोमबारको भन्सार तथ्याङ्कअनुसार जुन महिनामा संयुक्त राज्य अमेरिकामा चिनियाँ निर्यातमा ३२.४ प्रतिशतले वृद्धि भएको छ, जुन अघिल्लो महिना घटेको थियो ।

क्यापिटल इकोनोमिक्सका चिनियाँ अर्थशास्त्री जिचुन हुआङले भन्नुभयो, “अमेरिका र चीनबीचको व्यापार युद्धविरामका कारण गत महिना निर्यात मूल्यमा केही सुधार आएको छ ।”

हुवाङले भन्नुभयो, “चीनबाट अमेरिकामा हुने आयात कर उच्च रहने सम्भावना छ । चिनियाँ निर्माताहरूले मूल्य घटाएर विश्वव्यापी बजार हिस्सा द्रुत रूपमा विस्तार गर्ने उनीहरूको क्षमतामा बढ्दो अवरोधहरूको सामना गरिरहेका छन् । त्यसैले आगामी त्रैमासिकमा निर्यात वृद्धि दर सुस्त हुने र यसले आर्थिक वृद्धिमा असर पार्ने अपेक्षा गरेका छौँ ।”

‘पिनप्वाइन्ट एसेट म्यानेजमेन्ट’का अध्यक्ष तथा प्रमुख अर्थशास्त्री झिवेई झाङले चिनियाँ कम्पनीहरुले अझै पनि संयुक्त राज्य अमेरिकामा निर्यातलाई ‘फ्रन्टलोडिङ’ गरिरहेको देखाएको बताए ।

निर्यातको बलियो आँकडाले ‘कमजोर घरेलु मागलाई आंशिक रूपमा पूर्ति गर्न मद्दत गर्दछ र सम्भवतः दोस्रो त्रैमासिकमा जिडिपी वृद्धिलाई पाँच प्रतिशतको सरकारको लक्ष्यको वरिपरि राख्न सक्छ,” झाङले भन्नुभयो ।

उहाँले भन्नुभयो, “संयुक्त राज्य अमेरिकामा निर्यातको गतिविधि कहिलेकाहीं फिक्का हुनेहुँदा वर्षको उत्तरार्धको लागि दृष्टिकोण अस्पष्ट छ ।”
भन्सार अधिकारी वाङ लिङ्जुनले सोमबार आयोजित पत्रकार सम्मेलनमा भन्नुभयो, “अमेरिकाले चीनसँग पनि यही दिशामा मिलेर काम गरिरहने छ भन्ने बेइजिङले आशा गरेको छ ।”

वाङले भन्नुभयो, “करवृद्धिको युद्धविराम ‘कठिन जीत’ थियो।

“धम्काएर वा जबर्जस्ती गरेर बाहिर निस्कने कुनै उपाय छैन। संवाद र सहकार्य नै सही बाटो हो,” उहाँले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह कोशीमा बढ्दो जलसतह, ३३ ढोका खोलिए; सतर्कता बढाइयो सिक्किममा भारी वर्षापछि ठूलो पहिरो, धेरै घर र सरकारी संरचनामा क्षति दुबईका नेपालीका लागि सहज सेवा, राहदानी घरमै पुर्‍याइने देउवा समूहले १५औँ महाधिवेशनका लागि खटायो केन्द्रीय प्रतिनिधि पहिरोले पृथ्वी राजमार्गका पाँच स्थान अवरुद्ध, यातायात प्रभावित सप्तकोसीमा जलसतह बढ्दो, कोसी ब्यारेजका २६ ढोका खोलिए मौसम खराब हुँदा हवाई उडान प्रभावित अफगानिस्तानले दियो नेपाललाई १०३ रनको लक्ष्य वर्षा रोकिएको दुई घण्टाभित्रै पहिरो पन्छाई यातायात सुचारु गर्ने गरी हाम्रो तयारी छ: मन्त्री लम्साल सुनको मूल्यमा गिरावट, चाँदी पनि घट्यो