2026-11-09 08:51 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

५० दिनभित्र युक्रेनसँग सम्झौता नगरे रूसमा १०० प्रतिशत कर लगाउने ट्रम्पको भनाइ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनसँग ५० दिनभित्र सम्झौता नभए रुसमाथि १०० प्रतिशत ‘सेकेन्डरी ट्यारिफ’ लगाउने धम्की दिनुभएको छ ।

सोमबार ह्वाइट हाउसमा नाटो महासचिव मार्क रुटसँगको भेटका क्रममा ट्रम्पले आफ्ना रूसी समकक्षी भ्लादिमिर पुटिनप्रति निराशा व्यक्त गर्नुभयो र ५० दिनभित्र सम्झौता नभए कडा भन्सार शुल्क लगाउने धम्की दिनुभयो ।

“हामी निकै दुःखी छौँ, म रुससँग छु । तर, हामी त्यो कुरा फरक दिनमा छलफल गर्नेछौँ । तर यदि ५० दिनमा सम्झौता भएन भने हामी धेरै कडा भन्सार शुल्क लगाउने छौँ, शुल्क लगभग १०० प्रतिशत । तपाईँ तिनीहरूलाई सेकेन्डरी ट्यारिफ भन्नुहुन्छ”, उहाँले भन्नुभयो, “हामीले रुस र युक्रेनसँगको यो युद्धमा लगभग तीन खर्ब ५० अर्ब अमेरिकी डलर खर्च गरेका छौँ र यो अन्त्य भएको हेर्न चाहन्छौँ । यो मेरो युद्ध थिएन । यो बाइडेनको युद्ध थियो । यो मेरो युद्ध होइन ।”

ट्रम्पले एउटा सम्झौता पनि सार्वजनिक गर्नुभयो । उक्त सम्झौताअन्तर्गत नाटोले अमेरिकाबाट हतियार खरिद गर्नेछ र त्यसपछि रुससँग चलिरहेको युद्धको बीचमा युक्रेनलाई वितरण गर्नेछ ।

गत हप्ता, अमेरिकी विदेशमन्त्री मार्को रुबियोले रुसी समकक्षी सेर्गेई लाभरोभसँगको भेटका क्रममा शान्ति वार्तामा प्रगति नभएकामा अमेरिकी राष्ट्रपति ट्रम्पको ‘निराशा र हताशा’ प्रतिध्वनित गरेको बताउनुभएको थियो ।

लाभरोभसँगको भेटपछि जुलाई १० मा क्वालालम्पुरमा पत्रकारहरूसँग कुरा गर्दै रुबियोले रुस र युक्रेनबीचको द्वन्द्वको नतिजा खोज्नमा संलग्न सबै पक्षलाई संलग्न गराउन अमेरिकाको रणनीति रहेको बताउनुभएको थियो । रुबियोले लाभरोभसँगको आफ्नो वार्तालाई ‘स्पष्ट र महत्त्वपूर्ण’ भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवाको आरोप : १८ करोड खर्च गरेर कांग्रेसको आधिकारिकता किनियो कुकुर तिहारजस्ता पर्वलाई अन्तरराष्ट्रियकरण गर्नुपर्छः सबिना काफ्ले दरबारमार्गमा लागेको आगो नियन्त्रणमा छठ मनाउन रवि लामिछाने जनकपुरधाम जाने भ्रममाथि तथ्य र असत्यमाथि सत्यको विजय होस् : दानबहादुर कार्की घोप्टेभीरमा सुक्खा पहिरो, पृथ्वी राजमार्ग खुलाउने प्रयास जारी आज देशभर श्रद्धा र भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदै सुनचाँदीको मूल्य स्थिर, सुन प्रतितोला २ लाख ८३ हजार रुपैयाँ कायम सुतिरहेका बेला एक्कासि हँसिया प्रहारबाट एक महिलाको मृत्यु काठमाडौँको दरबारमार्गमा आगलागी सरकारको कामकारबाही हिन्दी जासुसी फिल्मजस्तै, कतिबेला कसलाई पक्राउ गरिने हो टुंगो छैन : प्रचण्ड देशमा न्याय मरेको छैन भने सर्वोच्चबाट हामीले नै आधिकारिकता पाउँछौं : महत एनपीएल : काठमाडौँ गुर्खाजविरुद्ध लुम्बिनी लायन्सले जित्यो टस, पहिले बलिङ गर्ने कर्णालीको योगदानको राज्यले उचित मूल्याङ्कन गरेन : संयोजक प्रचण्ड देउवा पक्षको काठमाडौँ जिल्ला अधिवेशन सुरु सर्वोच्चका चार प्रस्तावित न्यायाधीशको संसदीय सुनुवाइ सकियो मिडियामाथिको नियन्त्रण प्रयासविरुद्ध माइतीघरमा युवाहरूको प्रदर्शन भोटेकोशी बाढीमा बेपत्ता २ हजार २९४ जनाको सूची सार्वजनिक, दाबी गर्न सात दिनको समय तिहारमा फूलको माग बढेसँगै माला महँगियो, उपभोक्ता प्रभावित २४ र २५ गते काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन प्रभावित हुने