१ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मधेश प्रदेश

पतिपत्नी सवार मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु, २ जना घाइते

१ श्रावण २०८२, बुधबार १४:२०

काठमाडौँ | सर्लाहीमा मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ।

आज बिहान साढे १० बजेतिर मलंगवा नवलपुर सडक खण्डमा पर्ने कबिलासी-१० पिडार चोकमा प्र.२-०३-०१४ प १२१४ नम्बरको मोटरसाइकलको ठक्करबाट अन्दाजी ५० वर्षीय एक पुरुषको मृत्यु भएको हो।

उनको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

 

दुर्घटनामा गम्भीर घाइते भएका ती पुरुषलाई प्रहरीले उपचारको लागि प्रदेशिक अस्पताल मलंगवा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका हुन्।

दुर्घटनामा मोटरसाइकल चालक कबिलासी-८ का २२ वर्षीय रुपेश राय र मोटरसाइकलको पछाडि सवार उनकी पत्नी २० वर्षीया पिंकीदेवी राय पनि घाइते भएका छन्।

दुर्घटनामा रुपेशको ओठ काटिनुका साथै माथिपट्टीको एउटा दाँत भाँचिएको छ। त्यसैगरि उनकी पत्नीको गालामा चोट लागेको प्रहरीले जनाएको छ। घाइते भए पनि उनीहरू दुवै खतरामुक्त छन्।

उनीहरुको प्रादेशिक अस्पताल मलंगवामा उपचार भइरहेको प्रहरीले जनाएको छ। तीव्र गतिको कारण मोटरसाइकल दुर्घटना भएको अनुमान प्रहरीले गरेको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेकाे प्रहरीले जनाएकाे छ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र ‘दुई सय ८ रोपनी सार्वजनिक जग्गा फिर्ता’ सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक एमाले अध्यक्षमा ओली र पोखरेलको उम्मेदवारी दर्ता कतार लैजाने तयारीमा खगेन्द्र प्रसाद र रूद्रकली हात्ती अष्ट्रेलियाको बोन्डी समुद्र तटमा भएको गोली हानाहानमा १६ जनाको मृत्यु, ४० घाइते स्रोत नखुलेको चार लाख बढी रकमसहित एक पक्राउ नेपाली शान्ति सैनिकको अदलीबदली