२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

कोरिया: प्रश्नपत्र चोरी गरेको आरोपमा शिक्षिका र अविभावक पक्राउ

२०८२, १ श्रावण बुधबार १६:३३

काठमाडौँ | दक्षिण कोरियामा एक शिक्षक र एक माध्यमिक तह अध्ययन गर्ने विद्यार्थीको अविभावक (आमा) लाई परीक्षाको प्रश्नपत्र चोरी गर्न विद्यालयमा प्रवेश गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले बुधबार जनाएको छ ।

उनीहरूलाई राजधानी सियोलबाट करिब २७० किलोमिटर दक्षिणमा अन्डोङको एक उच्च विद्यालयमा प्रवेश गरेको आरोप लगाइएको छ । जुलाई ४ मा परीक्षाको प्रश्नपत्र चोरी गर्ने प्रयासपछि उनीहरूको गिरफ्तारी गरिएको प्रशासनले जनाएको छ ।

शिक्षिका र आमाले अपराध स्वीकार गरेको अन्डोङ प्रहरी स्टेसनका एकजना जासुसले नाम सार्वजनिक नगर्ने सर्तमा बताएका छन् ।

गत वर्षको फेब्रअरीसम्म कार्यरत रहेको उक्त विद्यालयमा काम गर्दा ती शिक्षिका विद्यार्थीको कक्षा शिक्षिका रहेको अधिकारीहरूले बताएका छन् ।

प्रहरीले उनीहरूले विगतमा यस्तै चोरी गरेको हुन सक्ने आशङ्का गरेको छ, जसले विद्यार्थीलाई शैक्षिक रूपमा मद्दत गरी शिक्षिका र अविभावकबीच पैसाको लेनदेन भएको थियो ।

उनीहरूले आरोपितले पढाउँदै गरेको विषय मात्र नभई धेरै विषयहरूमा परीक्षाका कागजात तथा प्रश्न चोरी गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।

अनुसन्धानकर्ताले एक विद्यालय मर्मत सम्भार कामदारलाई पनि उनीहरूलाई सहयोग गरेको आरोपमा पक्राउ गरिएको बताएका छन् ।

योन्हाप समाचार एजेन्सीका अनुसार सन् २०२३ मा भर्ना भएदेखि नै शीर्ष नम्बर (ग्रेड) कायम राखेको उक्त विद्यार्थीको ग्रेड रद्द गरी उसलाई निष्कासित गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने सभामुखमा निर्वाचित भए संविधान र कानुनको पालना गर्दै न्यायसम्मत काम गर्छु : डीपी अर्याल घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ हर्क साम्पाङ आज गृह मन्त्रालय जाँदै सभामुखका लागि मनोनयन दर्ता गर्न पुगे डीपी अर्याल आज सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा वृद्धि राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने