१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रास्वपामाथि प्रहार, नाम र चुनाव चिह्न ‘घण्टी’ हटाउन माग गर्दै निर्वाचन आयोगमा निवेदन

२ श्रावण २०८२, बिहीबार १३:०५

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नाम र चुनाव चिह्न ‘घण्टी’ हटाउन माग गर्दै निर्वाचन आयोगमा निवेदन परेको छ। आफूलाई अभियन्ताको रूपमा चिनाउँदै आएका युवराज सफलले बिहीबार आयोगमा दिएको निवेदनमा पार्टीको नाममा रहेको ‘स्वतन्त्र’ शब्दले स्वतन्त्र उम्मेदवारहरूको वैधानिक अधिकार र पहिचान मेटिएको भन्दै सो शब्द हटाउन माग गरिएको छ।

‘पार्टी स्वतन्त्र हुन सक्दैन । त्यसका आफ्ना विचार, सिद्धान्त र नीतिहरू हुन्छन्,’ सफलको निवेदनमा भनिएको छ, ‘स्वतन्त्र भन्ने शब्दले जनमतलाई भ्रमित पार्ने काम भएको छ । मतदाताको आँखामा छारो हाल्ने प्रयास हो।’

त्यस्तै, सफलले पार्टीको चुनाव चिह्न ‘घण्टी’ समेत हटाउन माग गरेका छन्। उनले हिन्दु धर्ममा पूजा–आराधनाका क्रममा प्रयोग हुने घण्टी धार्मिक आस्था, विश्वास र मूल्यसँग गाँसिएको प्रतीक भएको उल्लेख गरेका छन् ।

‘धार्मिक विश्वासको केन्द्र रहेका चिह्नलाई राजनीतिक प्रयोजनमा प्रयोग गर्नु आपत्तिजनक छ,’ उनले निवेदनमा भनेका छन्, ‘यो धर्मनिरपेक्षताको मर्म विपरीत पनि हो।’ रवि लामिछानेको नेतृत्वमा गठन भएको पार्टी हाल संसद्को चौथो ठुलो दल हो ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का