2026-10-05 11:01 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कञ्चनपुरमा सप्ताहव्यापी वृक्षरोपण अभियान

2025-07-18

काठमाडौँ | सामुदायिक वन समन्वय समिति (सिएफसिसी)को समन्वयमा यहाँ सप्ताहव्यापी वृक्षरोपण अभियान सुरु भएको छ ।

अभियानअन्तर्गत सिएफसिसी आबद्ध ९४ सामुदायिक वन उपभोक्ता समूहले ५० हजार बिरुवा रोप्ने लक्ष्य छ । निजी वन प्रवद्र्धन गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको समन्वय समितिका अध्यक्ष महेशदत्त जोशीले बताउनुभयो ।

“चरिचरन र डढेलो नियन्त्रण गर्नसके वन क्षेत्रबाट पुनःउत्पादन हुनसक्छ । वन नभएका क्षेत्रमा मात्र वृक्षरोपण आवश्यक हुन्छ, वनमा निर्भरता घटाउन निजी वन विकासमा जोड दिनुपर्छ ।” वृक्षरोपणले वन्यजन्तुको जैविक करिडोर संरक्षणमा मद्दत पुग्ने बताउँदै उहाँले भन्नुभयो ।

समन्वय समितिले सामुदायिक वन उपभोक्तालाई फलफूल, घर सजावट र औषधिजन्य बिरुवा निःशुल्क वितरण गर्दै आएको छ । समितिका उपाध्यक्ष नरेशराज जोशीले वृक्षरोपणबाट वातावरण संरक्षण, माटो तथा जलस्रोत संरक्षण र जैविक विविधता प्रवद्र्धनमा सघाउ पुग्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “घर–घरमा रोपिने फलफूल र औषधिजन्य बिरुवाले उपभोक्ताको आयआर्जनमा टेवा पु¥याउने भएकाले अभियानका क्रममा निःशुल्क बिरुवा उपलब्ध गराइरहेका छौँ ।” झिलमिली सामुदायिक वनमा सात हजार विभिन्न प्रजातिका बिरुवा रोपिएका उहाँले जानकारी दिनुभयो ।

गत वर्ष सञ्चालन भएको सप्ताहव्यापी अभियानमा ४० हजार बिरुवा रोपिएका थिए । समन्वय समितिले आफ्नै नर्सरीमा उत्पादन गरिएका बिरुवा प्रयोग गरी हरेक वर्ष वृक्षरोपण कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिविका सबै परीक्षा केन्द्रमा सीसी क्यामरा अनिवार्य बदलिएको परिस्थितिमा पुरानै शैलीले चुनौती सामना गर्न सकिँदैन : प्रचण्ड हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह रास्वपा केन्द्रीय समितिको बैठक सुरु विश्व बजारमा खाद्य वस्तुको मूल्य फेरि बढ्यो, चिनी र गहुँको भाउ उच्च दाउन्ने बस दुर्घटना: मृत्यु भएका ६ जनाकै सनाखत, १२ घाइते कैलालीमा प्रहरीमाथि कुटपिट, तीन जना पक्राउ कांग्रेस महामन्त्रीमा सुनिल शर्माको उम्मेदवारी घोषणा, ‘कांग्रेस फुटेको छैन’ काठमाडौँमा दुई दिन विद्युत् अवरुद्ध हुने, कुन-कुन क्षेत्रमा ? देउवा समूहबाट आरजु राणा क्षेत्रीय प्रतिनिधि चयन अमेरिकी भिसामा कडाइ, नेपालसहित ५० देशका नागरिकलाई २० हजार डलरसम्म बन्ड अनिवार्य काँग्रेस महाधिवेशन: बासको व्यवस्था प्रतिनिधि आफैले गर्नुपर्ने, पार्टीले खाजा र खाना खुवाउने रौतहटमा १ लाख ८ हजार भारतीय रुपैयाँसहित दुई जना पक्राउ नवलपरासी बस दुर्घटना अपडेट: ६ जनाको मृत्यु, १२ घाइते; ५ मृतकको पहिचान खुल्यो रास्वपाको केन्द्रीय समिति बैठक बस्दै कांग्रेसको १५औँ महाधिवेशनमा करिब ७ हजार ५ सय प्रतिनिधि सहभागी हुने प्रतिनिधिसभाले प्रतिरक्षा विश्वविद्यालयसहित ७ विधेयक छलफलका लागि संसदीय समितिमा पठायो जस्तो ऐन बनायो, परिणाम पनि त्यस्तै आउँछ : पूर्वाधारमन्त्री लम्साल पार्टीलाई बलियो बनाए अहिलेको अवस्थाभन्दा अझ अघि बढ्न सक्छौँ : ओली असोज १–१५ को करदाता उपहार घोषणा, लालबाबु साहलाई १० लाखको बम्पर