२०८२, १९ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शिक्षामन्त्री र इजरायली राजदूतबीच ‘इजरायल इन्टर्नसीप कार्यक्रम’ पुनःसञ्चालनबारे छलफल

२०८२, ३ श्रावण शुक्रबार १३:३८
काठमाडौँ | नेपालका लागि इजरायलका राजदूत श्मुलिक आरि बासले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तसँग भेट गर्नुभएको छ । भेटमा इजरायलमा नेपाली कृषि विद्यार्थीको ‘इन्टर्नसीप’ कार्यक्रम पुनःसञ्चालन गर्ने विषयमा छलफल भएको जनाइएको छ ।
त्यस अवसरमा मन्त्री पन्तले इजरायलले विगतदेखि वर्तमानसम्म नेपालप्रति विभिन्न चरणमा गरेको सहयोगको प्रशंसा गर्नुभयो । राजदूत बासले सन् २००१ देखि सञ्चालनमा रहेको परियोजनाबारे जानकारी गराउनुभएको थियो ।
उक्त कार्यक्रममार्फत हालसम्म चार हजारभन्दाबढी नेपाली कृषि विद्यार्थी इजरायलमा गई कृषिसम्बन्धी अनुभव हासिल गर्न सफल छन् भने केहीले इजरायलबाट फर्केपछि नेपालको कृषि क्षेत्रमा उल्लेखनीय योगदानसमेत पु¥याएका छन् ।
सन् २०२३ अक्टोबर ७ मा भएको हमासको आक्रमणपछि नेपाली विद्यार्थीलाई इजरायल जान रोक लगाइएको छ । यदि यो प्रक्रियागत ढिलाइ यथावत् रह्यो भने नेपालको कृषिलाई अगाडि बढाउनसक्ने लगभग एक हजार कृषि इन्टर्नहरुले अवसर गुमाउने राजदूत बासको भनाइ थियो ।
उहाँले शिक्षा मन्त्रालयसँग विश्वविद्यालयमा विद्यार्थीलाई समयमै दर्ता गर्ने र इजरायल जान दिनका लागि निदेशन गरी सहयोग गरिदिन हुन आग्रह गर्नुभयो ।
यस सन्दर्भमा शिक्षा मन्त्रालयले इन्टर्नसीपमा जाने विद्यार्थीको इजरायल फिर्तीमा कुनै अवरोध नरहेको स्पष्ट गरेको छ । शिक्षा मन्त्रालयले अभाव पूर्ति गर्न आगामी वर्षमा कोटा बढाउने प्रस्ताव पनि गरेको छ । इजरायली परराष्ट्र मन्त्रालयबाट प्राप्त जवाफ र इजरायलका लागि नेपाली राजदूतबाट सुरक्षा अवस्थाका बारेमा दुई सकारात्मक प्रतिवेदनअनुसार परराष्ट्र मन्त्रालयले इजरायलको सुरक्षा अवस्था सामान्य भइसकेकाले इजरायल जाने प्रक्रिया पूर्ववत् प्रक्रियाअनुसार निरन्तरता दिन पनि एक सूचना जारी गरिसकेको छ ।
विद्यार्थी दर्ता प्रक्रिया द्रुत रूपमा अघि बढाउन, यसबारे विद्यार्थीलाई जानकारी दिन र विश्वविद्यालयसँग समन्वय गर्न सबै सम्बन्धित निकायलाई आग्रह पनि गरिएको छ ।  त्यसअवसरमा शिक्षा मन्त्रालयका सहसचिव एवं प्रवक्ता शिवकुमार सापकोटा तथा परराष्ट्र मन्त्रालयका प्रतिनिधिहरू पनि सहभागी हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण