१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शिक्षामन्त्री र इजरायली राजदूतबीच ‘इजरायल इन्टर्नसीप कार्यक्रम’ पुनःसञ्चालनबारे छलफल

३ श्रावण २०८२, शुक्रबार १३:३८
काठमाडौँ | नेपालका लागि इजरायलका राजदूत श्मुलिक आरि बासले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तसँग भेट गर्नुभएको छ । भेटमा इजरायलमा नेपाली कृषि विद्यार्थीको ‘इन्टर्नसीप’ कार्यक्रम पुनःसञ्चालन गर्ने विषयमा छलफल भएको जनाइएको छ ।
त्यस अवसरमा मन्त्री पन्तले इजरायलले विगतदेखि वर्तमानसम्म नेपालप्रति विभिन्न चरणमा गरेको सहयोगको प्रशंसा गर्नुभयो । राजदूत बासले सन् २००१ देखि सञ्चालनमा रहेको परियोजनाबारे जानकारी गराउनुभएको थियो ।
उक्त कार्यक्रममार्फत हालसम्म चार हजारभन्दाबढी नेपाली कृषि विद्यार्थी इजरायलमा गई कृषिसम्बन्धी अनुभव हासिल गर्न सफल छन् भने केहीले इजरायलबाट फर्केपछि नेपालको कृषि क्षेत्रमा उल्लेखनीय योगदानसमेत पु¥याएका छन् ।
सन् २०२३ अक्टोबर ७ मा भएको हमासको आक्रमणपछि नेपाली विद्यार्थीलाई इजरायल जान रोक लगाइएको छ । यदि यो प्रक्रियागत ढिलाइ यथावत् रह्यो भने नेपालको कृषिलाई अगाडि बढाउनसक्ने लगभग एक हजार कृषि इन्टर्नहरुले अवसर गुमाउने राजदूत बासको भनाइ थियो ।
उहाँले शिक्षा मन्त्रालयसँग विश्वविद्यालयमा विद्यार्थीलाई समयमै दर्ता गर्ने र इजरायल जान दिनका लागि निदेशन गरी सहयोग गरिदिन हुन आग्रह गर्नुभयो ।
यस सन्दर्भमा शिक्षा मन्त्रालयले इन्टर्नसीपमा जाने विद्यार्थीको इजरायल फिर्तीमा कुनै अवरोध नरहेको स्पष्ट गरेको छ । शिक्षा मन्त्रालयले अभाव पूर्ति गर्न आगामी वर्षमा कोटा बढाउने प्रस्ताव पनि गरेको छ । इजरायली परराष्ट्र मन्त्रालयबाट प्राप्त जवाफ र इजरायलका लागि नेपाली राजदूतबाट सुरक्षा अवस्थाका बारेमा दुई सकारात्मक प्रतिवेदनअनुसार परराष्ट्र मन्त्रालयले इजरायलको सुरक्षा अवस्था सामान्य भइसकेकाले इजरायल जाने प्रक्रिया पूर्ववत् प्रक्रियाअनुसार निरन्तरता दिन पनि एक सूचना जारी गरिसकेको छ ।
विद्यार्थी दर्ता प्रक्रिया द्रुत रूपमा अघि बढाउन, यसबारे विद्यार्थीलाई जानकारी दिन र विश्वविद्यालयसँग समन्वय गर्न सबै सम्बन्धित निकायलाई आग्रह पनि गरिएको छ ।  त्यसअवसरमा शिक्षा मन्त्रालयका सहसचिव एवं प्रवक्ता शिवकुमार सापकोटा तथा परराष्ट्र मन्त्रालयका प्रतिनिधिहरू पनि सहभागी हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल