१ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ज्ञानेन्द्र र कुलमानलाई न्यूयोर्कमा ‘ग्लोबल हिरो अवार्ड’ दिइने

३ श्रावण २०८२, शुक्रबार १४:४५

काठमाडौँ | यस वर्षको ‘ग्लोबल हिरो अवार्ड’ नेपालका ज्ञानेन्द्र शाही र कुलमान घिसिङलाई प्रदान गरिने भएको छ। यो अवार्ड आगामी जुलाई २७ मा संयुक्त राज्य अमेरिकाको न्यूयोर्क शहरमा ग्लोबल नेपालीद्वारा आयोजित समारोहमा प्रदान गरिनेछ।

ग्लोबल नेपालीले हरेक वर्ष नेपालमा आ-आफ्नो क्षेत्रमा उत्कृष्ट योगदान पुर्‍याउने व्यक्तिलाई यो सम्मान दिने गरेको छ ।
मुकुल/यस वर्ष विशेषगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक शाही र नेपाल विद्युत् प्राधिकरणका पूर्वप्रबन्ध निर्देशक घिसिङलाई उनीहरूको योगदानका लागि प्रदान गर्न लागिएको हो।

शाही युवा नेता र सामाजिक अभियन्ताका रूपमा परिचित छन् । उनले भ्रष्टाचारविरुद्धको अभियान, सुशासनको वकालत र जनजीविकाका सवालहरूमा आवाज उठाउँदै आएका छन् । त्यसैगरी, कुलमान नेपाल विद्युत् प्राधिकरणका पूर्वप्रबन्ध निर्देशक हुन् । जसलाई नेपालमा लोडसेडिङ अन्त्यको श्रेय दिइन्छ।

उनकै नेतृत्वमा नेपालले दशकौँ लामो लोडसेडिङबाट मुक्ति पाएको थियो। घिसिङको यो योगदानले नेपालीको जीवनमा प्रत्यक्ष सकारात्मक प्रभाव पारेको छ । न्यूयोर्कमा आयोजना हुने यो कार्यक्रममा नेपाली डायस्पोरासहित विभिन्न क्षेत्रका व्यक्तित्वको उपस्थिति हुने अपेक्षा छ।

ग्लोबल नेपालीले नेपालका प्रतिभा र राष्ट्रका लागि समर्पित व्यक्तित्वलाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाएर उनीहरूको योगदानलाई कदर गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र ‘दुई सय ८ रोपनी सार्वजनिक जग्गा फिर्ता’ सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक एमाले अध्यक्षमा ओली र पोखरेलको उम्मेदवारी दर्ता कतार लैजाने तयारीमा खगेन्द्र प्रसाद र रूद्रकली हात्ती अष्ट्रेलियाको बोन्डी समुद्र तटमा भएको गोली हानाहानमा १६ जनाको मृत्यु, ४० घाइते स्रोत नखुलेको चार लाख बढी रकमसहित एक पक्राउ नेपाली शान्ति सैनिकको अदलीबदली महानगरको प्राथमिकतामा खर्च कटौती, पुँजीगत लगानी र सेवा सुधारः प्रमुख बालेन्द्र शाह मादी नदीमा महिलाको शव फेला दृढ अठोट र ऊर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो छ : राष्ट्रपति पौडेल सरकारले राजनीतिक दलसँग घनिष्ट संवाद गर्नुपर्छ : पूर्व प्रधानमन्त्री नेपाल कांग्रेस देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण शक्ति होः महामन्त्री थापा यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ छ : गृहमन्त्री अर्याल चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी एमाले महाधिवेशनः आज उम्मेदवारको मनोनयन