१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कर्ण थापालाई ओलीको चेतावनी – ‘कारबाहीको कुरा भोलि थाहा हुन्छ’

४ श्रावण २०८२, शनिबार १४:०३

काठमाडौँ । एमालेभित्र पूर्वराष्ट्रपति विद्या भण्डारीको सक्रियता पछि पार्टीमा नयाँ ध्रुवीकरण देखिन थालेको छ। पार्टीले हालैको सचिवालय बैठकमा विधान संशोधन गरी १५ पदाधिकारी र २५१ सदस्यीय केन्द्रीय कमिटी, साथै ७० वर्षे उमेर हद र दुई कार्यकालको सीमा हटाउने प्रस्ताव अघि सारेको छ।

यद्यपि बैठकमा ईश्वर पोखरेल र युवराज ज्ञवालीले विरोध जनाए पनि उपाध्यक्ष विष्णु पौडेलले सर्वसम्मत पारित भएको दाबी गरे। विधानको छपाइसम्बन्धी प्रश्न उठाउने कर्ण थापालाई अध्यक्ष ओलीले कारबाहीको चेतावनी दिए।

पूर्वराष्ट्रपति भण्डारीको पक्षबाट अपेक्षित नेताहरू जस्तै शेरधन राई, काशीनाथ अधिकारी, राजन भट्टराई आदि बैठकमा मौन रहे वा ओली पक्षमा देखिए। गोकुल बाँस्कोटाजस्ता नेताहरूले मिलेर जानुपर्ने धारणा व्यक्त गरेका छन्।

अघिसम्म भण्डारीपक्षीय देखिएका पृथ्वीसुब्बा गुरुङ, योगेश भट्टराई अहिले खुला रूपमा ओलीको पक्षमा छन्। अष्टलक्ष्मी शाक्य र गोकर्ण विष्ट भने तटस्थ छन्। ईश्वर पोखरेलको पक्षमा देखिने राजेन्द्र गौतमसमेत ओली पक्षमा खुलेका छन्।

एमालेभित्र अहिलेको विवाद विद्या भण्डारी बनाम केपी ओलीको प्रतिस्पर्धा झल्काउँछ, तर बहुसंख्यक नेता ओलीको पक्षमा उभिएका छन्। भण्डारीको पक्ष कमजोर देखिएको छ।

 

 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’