2026-09-13 06:59 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बागमती प्रदेश

“विवाह गर्न नमानेको झोँकमा प्रेमिकाको निर्मम हत्या, जंगलमा लठ्ठी प्रहार र सलले घाँटी बाँधी हत्या”

काठमाडौँ | रामेछापका एक पुरुषले आफ्नै प्रेमिकाको हत्या गरेका छन् । आफूबाट टाढा हुँदै गएपछि प्रेमिकाको हत्याको गरेको ती पुरुषले स्वीकार गरेका छन् ।

रामेछापको मन्थली नगरपालिका-१३ का ३७ वर्षीय सन्तोष सुनारले ३३ वर्षकी प्रेमिका शर्मिला उप्रेतीको ३२ साउनमा बनेपा नगरपालिका-१३ साँगामा रहेको भगवान थुम्की सामुदायिक वनमा हत्या गरेका हुन् । सन्तोषलाई प्रहरीले पक्राउ गरेको छ ।

 

शर्मिलाको शव आइतबार दिउँसो भगवान थुम्की सामुदायिक जंगलमा कोल्टो अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका सूचना अधिकारी मीनबहादुर घलेले जानकारी दिए ।

घलेका अनुसार घुम्न जाऊँ भन्दै जंगल लगेपछि सन्तोषले पहिले मन्दिरमा गाडिएको लठ्ठीले प्रहार गरेका थिए र त्यसपछि कुर्ताको सल घाँटीमा बाँधेर हत्या गरेका थिए।

प्रारम्भिक बयानमा सन्तोषले विवाह गर्न प्रस्ताव गर्दा शर्मिलाले नमानेको र त्यसकै रिसमा हत्या गरेको बताएका छन्।

अनुसन्धानपश्चात् घटनामा संलग्न भएको आरोपमा बनेपा नगरपालिका-१० इँटाभट्टास्थित कोठाबाट सन्तोषलाई प्रहरीले पक्राउ गरेको हो। प्रारम्भिक बयानमा अभियुक्तले प्रेमिकालाई मारेको स्वीकारेको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय बनेपाबाट डीएसपी रामेश्वर त्वातीको कमान्डमा १५ जनाको टोली र धुलिखेल अस्पतालको फरेन्सिक डाक्टर सहितको टोली खटिई प्रारम्भिक अनुसन्धान गरिएको थियो । मृतकका बुबा कमलबहादुर उप्रेतीले सनाखत गरेका थिए । गत ३२ असारदेखि हराएकी शर्मिलाको सोही दिन हत्या भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले