१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ओलीलाई लाग्छ‘पार्टीभित्र आफूबाहेक अरु कोही जान्ने सुन्नै छैन भन्ने भ्रममा छन् : पूर्वराष्ट्रपति भण्डारी

७ श्रावण २०८२, मंगलवार १८:०५

काठमाडौँ | पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आफूबाहेक अरु केटाकेटी हुन् भन्ने गरेको प्रतिक्रिया दिएकी छिन् । मंगलबार दिउँसो भंगालस्थित आफ्नै निवासमा केही पत्रकाहरूसँग कुरा गर्दै उनले ४ साउनको च्यासल बैठकका विषयसमेत उप्काएर प्रतिक्रिया दिएकी हुन् ।

उनले पार्टीको विधानले व्यवस्था गरेको दुई कार्यकाल र ७० वर्षे उमेर हदबारे ओली नेतृत्वमा पुगेपछि आफ्नै विचार बिर्सेको र अरुले पार्टी चलाउन सक्दैनन् भन्ने भान परेको बताइन् । ‘पार्टीभित्र आफूबाहेक अरु कोही जान्ने सुन्नै छैन भन्ने भ्रम उहाँलाई परेको छ,’ भण्डारीले भनिन् ।

उनले आफू पार्टीमा फर्किने र सक्रिय रूपमा राजनीतिमा आउने भन्नेबारे यसअघि नै पटक–पटक अध्यक्ष ओलीसँग कुरा भए पनि अहिले आएर उहाँले दिएका प्रतिक्रियाप्रति अचम्म लागेको बताइन् । उनले १४ असारमा पनि राष्ट्रिय सभागृहमा पार्टी सदस्यता नवीकरणबारे सार्वजनिक रूपमा बोल्दै सक्रिय राजनीतिमा फर्किएको घोषणा गर्नेबारे भन्दै छु भन्नेसमेत जानकारी गराएको बताइन् ।

‘त्यो बेला उहाँले हुन्न भन्नु भएन । नकारात्मक कुरा गर्नु भएन । ठीकै छ भन्नुभएको हो,’ उनले भनिन् । उनले भेटमा पार्टीको भावी नेतृत्वका बारेमा समेत कुरा हुने गरेको सुनाइन् । भण्डारीले आफू चीन भ्रमणमा जाँदा र आएपछि पनि बालुवाटार गएर अध्यक्ष ओलीसँग हार्दिक रूपमा संवाद भएको समेत बताइन् ।

यसका साथै उनले राष्ट्रपतिको कार्यकाल सकिएको ३ महिनाभित्रै पार्टी सदस्यता नवीकरण गरेको र यसबारे अध्यक्ष ओली जानकार रहेको बताइन् । उनले कोशी भ्रमण सकेर फर्किएपछि ओलीले पटक–पटक भेट्न आउँछु भन्दा पछि भेटौँला भन्दै आफूले प्रधानमन्त्रीलाई निवासमा बोलाएर सुरक्षाको तहमा अप्ठ्यारो नपारौँ भनेको पनि खुलाइन् ।

उनले च्यासल भेटबारे पनि खुलस्त बताउँदै आफूलाई बालुवाटारमै भेटौँ भन्ने कुरा अस्वीकार गरी च्यासलस्थित पार्टी कार्यालयमै भेट्ने निर्णय गरेको बताइन् । उक्त दिन आफूले २ बजे नै हिँड्न तयारी गरे पनि अर्को दिन भेट सार्ने प्रस्ताव आएको समेत भण्डारीले खुलाइन् । तर, उक्त प्रस्ताव अस्वीकार गरी सोही दिन नै भेटौँ भनेको उनले बताइन् । उक्त दिन पनि ओली १ घण्टा ढिलो च्यासल पुगेका थिए । भण्डारीले ओली भेट्न ३७ मिनेट कुर्नुपरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव