२०८२, १९ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमालेमा पूर्वराष्ट्रपति भण्डारीलाई ‘नो इन्ट्री’ संकेत: ओलीलाई चुनौती

२०८२, ८ श्रावण बुधबार ११:५६

काठमाडौँ | नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सोमबार र मंगलबार सम्पन्न भयो। बैठकको मुख्य चासो पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा फर्कने अभिव्यक्तिप्रति केन्द्रित रह्यो। बैठकले राष्ट्राध्यक्ष भइसकेको व्यक्तिले दलगत राजनीतिमा फर्कन नहुने निष्कर्ष निकालेको छ। पार्टीले संविधान, मर्म र गरिमासँग मेल नखाने भन्दै भण्डारीलाई सक्रिय राजनीतिमा नआउन आग्रह गरेको हो।

मंगलबार सम्पन्न केन्द्रीय कमिटी बैठकले पनि राष्ट्राध्यक्ष र नेपाली सेनाको परमाधिपति समेत भइसकेको पूर्वराष्ट्रपति दलीय राजनीतिमा फर्कन नहुने निष्कर्ष निकालेको छ ।संविधानको पालना गराउने, राष्ट्राध्यक्ष भइसकेको र गणतन्त्रको प्रतीकलाई दलको कार्यकर्ता र नेता बनाउने विषय सुहाउँदो नभएको निष्कर्ष निकालिएको पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।केन्द्रीय कमिटीको बैठकले त्यसलाई टुङ्ग्याउँदै आगामी अधिवेशनबाट पनि वर्तमान पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई नै अध्यक्षमा निरन्तरता दिने निश्चित जस्तै गरेको छ ।

 

पार्टी केन्द्रीय कमिटी बैठकमा नै अध्यक्ष केपी ओलीले विद्या भण्डारी अब ‘कमरेड विद्यादेवी भण्डारी’ नभएर सम्माननीय पूर्वराष्ट्रपति भएको सन्देश दिएका थिए ।

 

यस निर्णयप्रति नेताहरूबीच मतभेद देखिएको छ, उपाध्यक्ष सुरेन्द्र पाण्डे, युवराज ज्ञवालीलगायतले असहमति जनाएका छन्। भण्डारीले पनि आफ्नो निवासमा पत्रकार बोलाई प्रतिक्रिया दिँदै ओलीलाई चुनौती दिएकी छन्।

मंगलबार नै आफूमाथि एमाले कठोर बन्न सक्ने भन्दै भण्डारीले केही पत्रकारहरुलाई आफ्नै निवासमा बोलाएर कडा अभिव्यक्ति दिएकी थिइन् । उनले आफू किरातकी छोरी रहेकोले खुट्टा नकमाउने भन्दै ओलीलाई चुनौती दिइन् । त्यसो त सोमबार मात्रै भण्डारीले पार्टी कार्यालय च्यासल पुगेर ओलीलाई भेटेकी थिइन् । उक्त बैठकको निर्णय बाहिर आइसकेको छैन ।

साथै, बैठकले केपी ओलीलाई फेरि अध्यक्ष बनाउने बाटो खुला गर्दै उमेर हद र कार्यकालको सीमा हटाउने निर्णय गरेको छ। आगामी भदौमा हुने विधान अधिवेशनले यसलाई वैधता दिनेछ। तर एमालेले आधिकारिक रुपमा नै भण्डारीलाई सक्रिय राजनीतिमा नआउन भनेपछि भने आगामी नेतृत्वको रुपमा आफूलाई उभ्याउन खोजेकी भण्डारीलाई परीक्षाको घडी बनिदिएको छ ।

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण