१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमालेमा पूर्वराष्ट्रपति भण्डारीलाई ‘नो इन्ट्री’ संकेत: ओलीलाई चुनौती

८ श्रावण २०८२, बुधबार ११:५६

काठमाडौँ | नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सोमबार र मंगलबार सम्पन्न भयो। बैठकको मुख्य चासो पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा फर्कने अभिव्यक्तिप्रति केन्द्रित रह्यो। बैठकले राष्ट्राध्यक्ष भइसकेको व्यक्तिले दलगत राजनीतिमा फर्कन नहुने निष्कर्ष निकालेको छ। पार्टीले संविधान, मर्म र गरिमासँग मेल नखाने भन्दै भण्डारीलाई सक्रिय राजनीतिमा नआउन आग्रह गरेको हो।

मंगलबार सम्पन्न केन्द्रीय कमिटी बैठकले पनि राष्ट्राध्यक्ष र नेपाली सेनाको परमाधिपति समेत भइसकेको पूर्वराष्ट्रपति दलीय राजनीतिमा फर्कन नहुने निष्कर्ष निकालेको छ ।संविधानको पालना गराउने, राष्ट्राध्यक्ष भइसकेको र गणतन्त्रको प्रतीकलाई दलको कार्यकर्ता र नेता बनाउने विषय सुहाउँदो नभएको निष्कर्ष निकालिएको पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।केन्द्रीय कमिटीको बैठकले त्यसलाई टुङ्ग्याउँदै आगामी अधिवेशनबाट पनि वर्तमान पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई नै अध्यक्षमा निरन्तरता दिने निश्चित जस्तै गरेको छ ।

 

पार्टी केन्द्रीय कमिटी बैठकमा नै अध्यक्ष केपी ओलीले विद्या भण्डारी अब ‘कमरेड विद्यादेवी भण्डारी’ नभएर सम्माननीय पूर्वराष्ट्रपति भएको सन्देश दिएका थिए ।

 

यस निर्णयप्रति नेताहरूबीच मतभेद देखिएको छ, उपाध्यक्ष सुरेन्द्र पाण्डे, युवराज ज्ञवालीलगायतले असहमति जनाएका छन्। भण्डारीले पनि आफ्नो निवासमा पत्रकार बोलाई प्रतिक्रिया दिँदै ओलीलाई चुनौती दिएकी छन्।

मंगलबार नै आफूमाथि एमाले कठोर बन्न सक्ने भन्दै भण्डारीले केही पत्रकारहरुलाई आफ्नै निवासमा बोलाएर कडा अभिव्यक्ति दिएकी थिइन् । उनले आफू किरातकी छोरी रहेकोले खुट्टा नकमाउने भन्दै ओलीलाई चुनौती दिइन् । त्यसो त सोमबार मात्रै भण्डारीले पार्टी कार्यालय च्यासल पुगेर ओलीलाई भेटेकी थिइन् । उक्त बैठकको निर्णय बाहिर आइसकेको छैन ।

साथै, बैठकले केपी ओलीलाई फेरि अध्यक्ष बनाउने बाटो खुला गर्दै उमेर हद र कार्यकालको सीमा हटाउने निर्णय गरेको छ। आगामी भदौमा हुने विधान अधिवेशनले यसलाई वैधता दिनेछ। तर एमालेले आधिकारिक रुपमा नै भण्डारीलाई सक्रिय राजनीतिमा नआउन भनेपछि भने आगामी नेतृत्वको रुपमा आफूलाई उभ्याउन खोजेकी भण्डारीलाई परीक्षाको घडी बनिदिएको छ ।

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव