१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमाले काठमाडौँ अध्यक्षकोआक्रोश:‘इतिहास साक्षी छ, विद्याझैँ पार्टी महासचिव मदन भण्डारीलाइ बोल्न रोकेका थिए

८ श्रावण २०८२, बुधबार १२:१३

काठमाडौँ | नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले विद्या भण्डारीलाई पार्टीमा निषेध गर्ने निर्णय गरेपछि उनी पक्षधरले आक्रोश पोख्न थालेका छन्। यसै क्रममा एमालेको काठमाडौँ जिल्ला अध्यक्ष दीपक निरौलाले भण्डारीकै श्रीमान् मदन भण्डारीलाई सम्झिएका छन्।

उनले पाँचौँ महाधिवेशनमा तत्कालीन एमाले महासचिव मदन भण्डारीलाई पनि बोल्न नदिइएको उल्लेख गरेका हुन्।

 

उनले बुधबार सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘इतिहास साक्षी छ, पाँचौँ महाधिवेशनमा पार्टी महासचिव मदन भण्डारीलाइ बोल्न नदिएको, यसैगरी बहुदलीय जनवादको विषय सुरु गर्दा सुरुमा साथ दिने पनि न्यून नै थिए।’

उनले प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति आक्रोश पनि पोखेका छन्।

उनले भनेका छन्, यसैगरी केपी ओलीले उपत्यका छाडेपछि बैठक बस्ने विगत पनि भेागेकै हो। केपी ओलीलाई मातहतमा नबेालाउन निर्देशन गरेर आन्देालन रेाकिएन। यसैको पृष्ठभूमिमा अघि बढेको एमाले हो।

त्यस्तै एमालेकी केन्द्रीय सदस्य सरिता न्यौपानेले पनि यस विषयमा टिप्पणी गरेकी छन्।

उनले भनेकी छन्, ‘कसैकसैलाई लागेको होला आज उसलाई पो भनेको त! आफूलाई पर्दा थाहा होला! गएर पिर बिसाउने ठाउँ पनि नपाउँदा।’

मंगलबार मध्यराति सम्पन्न एमाले केन्द्रीय कमिटीको बैठकले पूर्वराष्ट्रपति भण्डारीलाई पार्टीमा फर्कन निषेध गर्ने निर्णय गरेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव