१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बागमती प्रदेश

भक्तपुरका दुई बालक १० दिनदेखि बेपत्ता

८ श्रावण २०८२, बुधबार १२:५६

काठमाडौँ | भक्तपुरका दुई बालक १० दिनदेखि बेपत्ता भएका छन्। कलमविनायकस्थित सरस्वती विद्यालय गृहको कक्षा ५ मा अध्ययनरत सागर कार्की र सिसम राई एकैदिन हराएका हुन्। ओखलढुंगा घर भई हाल चाँगुनारायण नगरपालिका-९ स्थित इथाचा बस्दै आएका सागर र सिसम गत असार २७ गतेदेखि सम्पर्कविहीन भएका हुन्।

 

सागर कार्कीका दाई नाता पर्ने सुभराज कटुवालका अनुसार गत असार २७ गते विद्यालय हिँडेका उनीहरू अझैसम्म सम्पर्कमा आएका छैनन्। खोजीका लागि उनीहरूका अभिभावकले प्रहरीमा निवेदन दिएका छन्। खोजीका लागि पहल नगरेकोमा विद्यालय प्रशासनप्रति उनका आफन्तहरूले असन्तुष्टि पोखेका छन्।

 

कटुवालका अनुसार दुवैले विद्यालय पोसाकमै अन्य पोशाक समेत लिएर घरबाट विद्यालय हिँडेको पाइएकाले कतै काम गर्न गएको होकी भन्ने अनुमान लगाइएको छ। ओखलढुङ्गाको चिसंखुगढी नगरपालिका-३ घर भई हाल भक्तपुर जिल्ला चाँगुनारायण नगरपालिका-९ स्थित इथाचा बस्दै आएका सागरसँगै सिसम दुवै मिलेर सो दिनदेखि कुनै घरायसी वा होटलमा काम गर्न गएको हुन सक्ने अनुमान गर्दै उनले खोजी दिन आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव