१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पूर्वराष्ट्रपति भण्डारीले भनिन् : म ब्याक अपविना बसेकी छैन,केही दिनमै बोल्छु

८ श्रावण २०८२, बुधबार १३:१५

काठमाडौँ | पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एमाले केन्द्रीय कमिटी बैठक चल्दाचल्दै मंगलबार केही संवाददाता भेटेकी थिइन् । त्यहाँ उनले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई सक्रिय राजनीतिमा आउनबाट रोक्न चाहेको आभास पहिलेदेखि नै मिलेको, तर अहिले स्पष्ट भएको भन्दै आफू चुप लागेर नबस्ने चेतावनी दिएकी थिइन् ।

मंगलबार मध्यरातमा सकिएको एमाले बैठकले उनै भण्डारीलाई एमालेको राजनीतिमा आउनबाट रोक्ने निर्णय गरिदियो । केन्द्रीय कमिटीको उक्त निर्णयलाई भदौमा बस्ने विधान महाधिवेशनबाट अनुमोदन गराउने पार्टी योजना छ ।

 

बुधबार बिहान केही निकटस्थ नेतासँग परामर्श गरेकी भण्डारीले आफूसँग केही सोचाइहरू रहेको भन्दै त्यसलाई केही दिनभित्र साझा गर्ने बताइन् ।

 

भण्डारीले आफूहरुसँग भनेको उद्धृत गर्दै एक निकट नेताले भने, ‘हामी लागेर बनाएको पार्टी हो, तर अध्यक्षले जुन शैली देखाउनुभयो, त्यसले पार्टीलाई निराश बनाउने बाहेक केही गर्दैन । यो पार्टीमा कोही एउटा मात्र नेता छैन, जनताको बहुदलीय जनवादको स्पिरिट कुनै व्यक्तिविशेषलाई मात्रै मान्ने भन्ने हुँदै होइन । मसँग ब्याक अप नै छैन भन्ने होइन । म ब्याक अपविना बसेकी छैन । मलाई एक–दुईवटा जरुरी भ्याउनैपर्ने केही काम सक्न दिनुस् । म केही दिनमै बोल्छु ।’

भण्डारीले आज एमाले महासचिव शंकर पोखरेलले आयोजना गर्ने पत्रकार सम्मेलनमा कस्तो विचार प्रकट हुँदोरहेछ, सुनिहेर्ने बताएकी छन् । त्यसपछि उनले आफ्नो विचार बाहिर ल्याउने निकट नेताहरुले बताएका छन् ।

भण्डारीले राष्ट्रपति पदबाट निवृत्त भएपछि नवीकरण गरेको सदस्यता एमालेले रद्द गरिदिएको छ । उनले आफू एमालेको नेतृत्व गर्ने तयारीसहित अघि बढेको सन्देश यसअघि दिंदै आएकामा अब उनको आगामी कदम के हुन्छ भन्ने प्रश्न सुरु भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव