2026-09-26 12:31 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

रसियामा हराएको विमान दुर्घटनाग्रस्त, सबै ५० जना मारिए

काठमाडौँ | करिब ५० जना सवार एउटा एन्टोनोव एएन-२४ यात्रुबाहक विमान दुर्घटनाग्रस्त अवस्थामा फेला गपरेको छ।

बिहीबार उडेको केही समयमा बेपत्ता भएको विमान रूसको सुदूरपूर्वमा दुर्घटनाग्रस्त भएको छ। प्रारम्भिक जानकारीअनुसार सबै यात्रुको ज्यान गएको रूसी आपतकालीन सेवाका अधिकारीहरूले जनाएका छन्।

सन् १९७० को दशकको सोभियत युगको झन्डै ५० वर्ष पुरानो उक्त विमानको जलिरहेको मुख्य भाग (फ्युसेलाज) एक हेलिकप्टरबाट जमिनमा देखिएको थियो र उद्धार टोलीहरू तीव्र गतिमा घटनास्थलतर्फ गएका थिए।

सामाजिक सञ्जालमा पोस्ट गरिएको र हेलिकप्टरबाट खिचिएको एक अपुष्ट भिडियोमा विमान बाक्लो जंगल भएको क्षेत्रमा खसेको देखिन्छ।

सन् १९७६ मा बनेको उक्त विमान साइबेरियामा आधारित एङ्गारा एयरलाइन्सले सञ्चालन गरेको थियो। यो विमान ब्लागोभेश्चेन्स्क सहरबाट टिन्डातर्फ जाँदै थियो। चीनसँग सिमाना जोडिएको आमुर क्षेत्रको दुर्गम सहर टिन्डा नजिक पुग्दा रडारबाट विमान बेपेत्ता भएको थियो।

इन्टरफ्याक्स समाचार एजेन्सीले आपतकालीन सेवाका अधिकारीहरूको उद्धरण दिँदै जनाएअनुसार विमानको भग्नावशेष टिन्डाबाट करिब १५ किलोमिटर (१० माइल) टाढा एउटा पहाडमा भेटिएको हो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह कोशीमा बढ्दो जलसतह, ३३ ढोका खोलिए; सतर्कता बढाइयो सिक्किममा भारी वर्षापछि ठूलो पहिरो, धेरै घर र सरकारी संरचनामा क्षति दुबईका नेपालीका लागि सहज सेवा, राहदानी घरमै पुर्‍याइने देउवा समूहले १५औँ महाधिवेशनका लागि खटायो केन्द्रीय प्रतिनिधि पहिरोले पृथ्वी राजमार्गका पाँच स्थान अवरुद्ध, यातायात प्रभावित सप्तकोसीमा जलसतह बढ्दो, कोसी ब्यारेजका २६ ढोका खोलिए मौसम खराब हुँदा हवाई उडान प्रभावित अफगानिस्तानले दियो नेपाललाई १०३ रनको लक्ष्य वर्षा रोकिएको दुई घण्टाभित्रै पहिरो पन्छाई यातायात सुचारु गर्ने गरी हाम्रो तयारी छ: मन्त्री लम्साल सुनको मूल्यमा गिरावट, चाँदी पनि घट्यो