२०८२, १९ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रवि लामिछानेको पक्षमा २७ लाखभन्दा बढी हस्ताक्षर जसमा सबै भन्दा बढी बागमती र गण्डकीमा

२०८२, ९ श्रावण बिहीबार १८:२३

काठमाडौँ | पूर्वउपप्रधान एवम् गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको पक्षमा २७ लाख ५० हजारभन्दा बढी हस्ताक्षर सङ्कलन भएको छ।

लामिछानेका सहयोगी प्रमोद न्यौपानेका अनुसार हस्ताक्षर अभियान सङ्कलनको एक महिनामा २७ लाख ५० हजार ६७७ हस्ताक्षर सङ्कलन भएको हो।

‘यसमध्ये कोशीमा २ लाख १३ हजार १०६, मधेसमा १ लाख ४ हजार ३६०, बागमतीमा ७ लाख १३ हजार ३३१, गण्डकीमा ५ लाख १२ हजार १९४, लुम्बिनीमा २ लाख ५२ हजार ४३१, कर्णालीमा ७२ हजार १४२ र सुदूरपश्चिममा १ लाख १० हजार ५१२ हस्ताक्षर सङ्कलन भएका छन्,’ न्यौपानेले भने।

उनका अनुसार पार्टी मुख्यालय वनस्थलीमा उपस्थित भएर हस्ताक्षर गर्नेहरूको सङ्ख्या ३६ हजार ५१० छ। यस्तै पार्टीको र्‍याटले काठमाडौंका विभिन्न स्थानमा राखेका बुथहरूबाट ७४ हजार ११३ हस्ताक्षर सङ्कलन भएका छन्। ‘ह्वाट्स्एपमा ७ लाख ५५२ र इमेलमार्फत ८३ हजार ५६६ मत प्राप्त भएका छन्,’ न्यौपानेले भनेका छन्। उनका अनुसार सङ्कलित केही विवरणहरू अद्यावधिक गर्न बाँकी छन्।

रास्वपाले पार्टी सभापति लामिछाने थुनामा पुग्नुलाई ‘राज्यले उनका विरुद्धमा प्रतिशोध साँधेको’ रूपमा अर्थ्याएका छन्। त्यसैका विरुद्धमा हस्ताक्षर सङ्कलन अभियान चलाइएको रास्वपाले दोहोर्‍याउँदै आएको छ। पार्टीको तेस्रो स्थापना दिवसका अवसरमा लामिछानेले गत असार ७ गते हस्ताक्षर सङ्कलनको घोषणा गरेका थिए। त्यसअनुरूप रास्वपाले हस्ताक्षर सङ्कलन अभियान जारी राखेको हो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण