२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रवि लामिछानेको पक्षमा २७ लाखभन्दा बढी हस्ताक्षर जसमा सबै भन्दा बढी बागमती र गण्डकीमा

९ श्रावण २०८२, बिहीबार १८:२३

काठमाडौँ | पूर्वउपप्रधान एवम् गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको पक्षमा २७ लाख ५० हजारभन्दा बढी हस्ताक्षर सङ्कलन भएको छ।

लामिछानेका सहयोगी प्रमोद न्यौपानेका अनुसार हस्ताक्षर अभियान सङ्कलनको एक महिनामा २७ लाख ५० हजार ६७७ हस्ताक्षर सङ्कलन भएको हो।

‘यसमध्ये कोशीमा २ लाख १३ हजार १०६, मधेसमा १ लाख ४ हजार ३६०, बागमतीमा ७ लाख १३ हजार ३३१, गण्डकीमा ५ लाख १२ हजार १९४, लुम्बिनीमा २ लाख ५२ हजार ४३१, कर्णालीमा ७२ हजार १४२ र सुदूरपश्चिममा १ लाख १० हजार ५१२ हस्ताक्षर सङ्कलन भएका छन्,’ न्यौपानेले भने।

उनका अनुसार पार्टी मुख्यालय वनस्थलीमा उपस्थित भएर हस्ताक्षर गर्नेहरूको सङ्ख्या ३६ हजार ५१० छ। यस्तै पार्टीको र्‍याटले काठमाडौंका विभिन्न स्थानमा राखेका बुथहरूबाट ७४ हजार ११३ हस्ताक्षर सङ्कलन भएका छन्। ‘ह्वाट्स्एपमा ७ लाख ५५२ र इमेलमार्फत ८३ हजार ५६६ मत प्राप्त भएका छन्,’ न्यौपानेले भनेका छन्। उनका अनुसार सङ्कलित केही विवरणहरू अद्यावधिक गर्न बाँकी छन्।

रास्वपाले पार्टी सभापति लामिछाने थुनामा पुग्नुलाई ‘राज्यले उनका विरुद्धमा प्रतिशोध साँधेको’ रूपमा अर्थ्याएका छन्। त्यसैका विरुद्धमा हस्ताक्षर सङ्कलन अभियान चलाइएको रास्वपाले दोहोर्‍याउँदै आएको छ। पार्टीको तेस्रो स्थापना दिवसका अवसरमा लामिछानेले गत असार ७ गते हस्ताक्षर सङ्कलनको घोषणा गरेका थिए। त्यसअनुरूप रास्वपाले हस्ताक्षर सङ्कलन अभियान जारी राखेको हो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव