२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

घुस काण्डमा मुछिएका दुई पूर्व मन्त्रीको मोबाइल अख्तियारको नियन्त्रणमा

१० श्रावण २०८२, शुक्रबार १२:१६

काठमाडौँ | घुस काण्डमा मुछिएका दुई पूर्व मन्त्रीको मोबाइल अख्तियार दुरुपयोग अनुसान्धान आयोगले नियन्त्रणमा लिएको छ । पछिल्लो समय उच्च तहका व्यक्तिहरुलाई निरन्तर रुपमा छानविन गरिरहेको अख्तियारले पूर्व मन्त्रीहरु राजकुमार गुप्ता र रञ्जिता श्रेष्ठको मोबाइल नियन्त्रणमा लिएको हो ।

गुप्ता निवर्तमान सामान्य प्रशासन मन्त्री हुन् भने श्रेष्ठ पूर्व भूमि, व्यवस्था तथा सहकारी निवारण मन्त्री हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कास्कीको मालपोत प्रमुखको थमौतीका लागि ५३ लाख र भूमि आयोग कास्कीको अध्यक्ष नियुक्तिका लागि १० लाख गरी ६३ लाख रुपैयाँ लिएको र कुल ७८ लाख डिल गरेका पूर्वसामान्य प्रशासनमन्त्री राजकुमार गुप्तासँग बयान लिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुप्ताको मोबाइल समेत फरेन्सिक ल्याबका लागि नियन्त्रणमा लिएर अनुसन्धान गरेको जनाएको छ ।

त्यस्तै, पूर्व भूमि, व्यवस्था तथा सहकारी निवारणमन्त्री रञ्जिता श्रेष्ठसँग पनि बयान लिएको छ । श्रेष्ठको मोबाइल पनि अख्तियारले नियन्त्रणमा लिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा विगत चार दिनदेखि निरन्तर बयान दिइरहेको र पोखरामा सुकुम्बासी भए पनि अडियो सार्वजनिक भएपछि केही मिडियाको दूषित प्रयासमा बिचौलिया बनाइएका पीडित सुजन लामाले भने आफ्नो मोबाइल मन्त्रीहरूले कब्जामा लिएको बयान दिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव