२०८२, १९ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

घुस काण्डमा मुछिएका दुई पूर्व मन्त्रीको मोबाइल अख्तियारको नियन्त्रणमा

२०८२, १० श्रावण शुक्रबार १२:१६

काठमाडौँ | घुस काण्डमा मुछिएका दुई पूर्व मन्त्रीको मोबाइल अख्तियार दुरुपयोग अनुसान्धान आयोगले नियन्त्रणमा लिएको छ । पछिल्लो समय उच्च तहका व्यक्तिहरुलाई निरन्तर रुपमा छानविन गरिरहेको अख्तियारले पूर्व मन्त्रीहरु राजकुमार गुप्ता र रञ्जिता श्रेष्ठको मोबाइल नियन्त्रणमा लिएको हो ।

गुप्ता निवर्तमान सामान्य प्रशासन मन्त्री हुन् भने श्रेष्ठ पूर्व भूमि, व्यवस्था तथा सहकारी निवारण मन्त्री हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कास्कीको मालपोत प्रमुखको थमौतीका लागि ५३ लाख र भूमि आयोग कास्कीको अध्यक्ष नियुक्तिका लागि १० लाख गरी ६३ लाख रुपैयाँ लिएको र कुल ७८ लाख डिल गरेका पूर्वसामान्य प्रशासनमन्त्री राजकुमार गुप्तासँग बयान लिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुप्ताको मोबाइल समेत फरेन्सिक ल्याबका लागि नियन्त्रणमा लिएर अनुसन्धान गरेको जनाएको छ ।

त्यस्तै, पूर्व भूमि, व्यवस्था तथा सहकारी निवारणमन्त्री रञ्जिता श्रेष्ठसँग पनि बयान लिएको छ । श्रेष्ठको मोबाइल पनि अख्तियारले नियन्त्रणमा लिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा विगत चार दिनदेखि निरन्तर बयान दिइरहेको र पोखरामा सुकुम्बासी भए पनि अडियो सार्वजनिक भएपछि केही मिडियाको दूषित प्रयासमा बिचौलिया बनाइएका पीडित सुजन लामाले भने आफ्नो मोबाइल मन्त्रीहरूले कब्जामा लिएको बयान दिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण