२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रूपन्देही–३ मा: हाम्रो भोटको अवस्था मजबुत छ- नेपाली कांग्रेश

१० श्रावण २०८२, शुक्रबार १३:४०

काठमाडौँ | सत्तारूढ दल नेपाली कांग्रेसले रूपन्देही–३ को उपनिर्वाचनबारे छलफल गरेको छ । शुक्रबार पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको नेताहरूको बैठकमा उपनिर्वाचनमा पार्टीको रणनीति, योजनाबारे छलफल भएको पार्टीका प्रमुख सचेतक श्यामकुमार घिमिरेले जानकारी दिए ।

“रूपन्देहीको निर्वाचनका विषयमा छलफल गरेका छौँ । मुख्यरूपमा केन्द्रित भनेको आगामी उपनिर्वाचनमा हाम्रो रणनीति, योजनाका विषयमा छलफल भएको छ,” उनले भने ।

रूपन्देही–३ मा गत निर्वाचनमा आफूहरू प्राविधिकरूपले हारे पनि जनमतको अवस्था मजबुत रहेको उनको भनाइ छ ।

“रूपन्देहीमा हामीले हेर्ने भनेको विभिन्न गठबन्धन थिए, गत निर्वाचनमा । ०७९ को निर्वाचनमा विभिन्न गठबन्धनबाट चुनाव लडिएको थियो । गठबन्धनलाई पर राखेर समानुपातिक मत पार्टीको हेर्दा कांग्रेस पहिलो पार्टीकै रूपमा थियो । २० हजार मत प्राप्त गरेको थियो । दोस्रो पार्टी एमाले १६ हजार र तेस्रो पार्टी रास्वपा १४ हजार मत थियो । त्यसपछि क्रमशः मधेसवादी दलहरू थिए,” घिमिरेले भने ।

उनले अगाडि थपे, “अहिलेको पोजिसन के छ भनेर ठ्याक्कै भन्न त गाह्रो छ । विश्लेषण गरेर हेर्दा कांग्रेस, एमाले, रास्वपा र मधेसकेन्द्रित दलहरू एक भएर लड्ने भन्ने चर्चा पनि आएको छ । कांग्रेस नै पहिलो पार्टी हो । त्यो निर्वाचनमा प्राविधिकरूपले चुनाव हारेका हौँ । स्थानीय निर्वाचनमा पनि हामी पहिलो पार्टी हो । हाम्रो भोटको अवस्था मजबुत छ ।”

उनका अनुसार, बैठकमा मन्त्री हेरफेर गर्ने विषयले प्रवेश नै पाएन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव