2026-10-22 03:14 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

बीमाको ९ करोड रकम पाउन डाक्टरले काटे आफ्ना दुवै खुट्टा

काठमाडौँ | बेलायतमा एक जना शल्य चिकित्षकमाथि निकै चकित पार्ने आरोप लागेको छ | अदालतमा ४९ बर्षीय डा. निल हपरले बिमा दाबी गर्न जानाजानी आफ्ना दुवै खुट्टा काटेको बताइएको छ| |

डाक्टरमाथि गम्भीर आपरधिक आरोप पनि लागेको छ भने उनको चिकित्सा दर्ता निलम्बन गरिएको छ | कर्नवालको त्रुरोको होपरले आफ्नो खुट्टा काट्नु अघि सयौं बिरामीको खुट्टा काट्ने अपरेसन गरेका थिए|

अदालतमा प्रस्तुत गरिएका  प्रमाणका अनुसार डा.हपरले आफ्नो बिमा पोलिसी अन्तर्गत करिब पाँच लाख पाउण्ड( ९ करोड ३८लाख रुपैयाँ) पाउन सल्यक्रिया गरेर दुवै खुट्टा काटेर फ्याकेका थिए|

यसपछि उनले दुई बिमा चोम्पन्य्हरु एरिवा ग्रुप र ओल्ड म्युचुअलबाट क्रमश २ लाख ३५ हजार ६२२ पाउन्ड र २लाख ३१ हजार ३१ पाउन्ड दाबी गर्ने योजना बनाएका थिए| रगतको संक्रमण अर्थात् सेप्सिस भन्ने रोगका कारण आफ्नो खुट्टा गुमाउनु परेको दाबी उनले गरेका थिय |

अनुसन्धानको क्रममा हपरले ‘द युनच मेकर ‘ नामक वेबसाइटबाट अंग काट्ने सम्बन्धि भिडियोहरु किनेको पाइयो| चरम शारीरिक परिमर्जन गिरोह चलाउने मारिएस गुस्ताभासलाई अरुको शरीरका अंगहरु काट्न उक्साएको र समर्थन गरेको आरोप पनि उनीमाथि छ | यो आरोप २०१८ देखि २०२० सम्मक घटनाहरुसंग सम्बन्धित छन् |

हरपमाथि आफुलाई हानि पुर्याएको आरोप त छ नै जानाजानी अरुलाई शारीरिक हानि पुर्याउन प्रेरित गरेको पनि भनिएको छ | उनीविरुद्ध ‘गम्भीर ‘शारीरिक हानि पुर्याउन सहयोग गरेको वा प्रोत्साहन गरेको आरोपमा पनि मुद्दा चलिरहेको छ |प्रहरीको सोधपुछ र प्रमाणको आधारमा मुद्दाको सुनुवाइ अगाडी बढाइएको छ |

हपरले २०१३ देखि रोयल कर्नवाल अस्पताल एनएचएस ट्रस्टमा सेवा गरेका थिए| २०२३ को मार्चमा पक्राउ परेपछि अस्पतालको उनलाई निलम्बन गरिदियो | अस्पताल व्यवस्थापनले उनीविरुद्ध लगाइएकाआरोपहरुको उनको व्यवसायिक व्यवहारसँग कुनै सम्बन्ध नभएको र अहिलेसम्म बिरामीहरुको स्वास्थमा कुनै समस्या नदेखिएको स्पष्ट पारेको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ