2026-09-26 12:31 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

९० हजारमा ल्याइएकी बेहुली तीन दिनमै नगद र गरगहना लिएर फरार

काठमाडौँ | भारतको उत्तर प्रदेशस्थित कोतवाली क्षेत्रको बिलरख गाउँमा एक अनौठो घटना सार्वजनिक भएको छ, जहाँ ९० हजार रुपैयाँ खर्च गरेर विवाह गरिएकी बेहुली बिहे भएको तीन दिनमै घरबाट नगद र गरगहना लिएर फरार भएकी छन्। पीडित परिवारका बुबा दयाराम सैनीले प्रहरीमा उजुरी दर्ता गराएका छन् र बेहुली तथा बिचौलियाविरुद्ध कारबाहीको माग गरेका छन्।

भारतको कोतवालीस्थित बिलरख गाउँका बासिन्दा दयाराम सैनीले तीन वर्षअघि कानपुर शहरकी एक महिलासँग आफ्नो छोरा राहुल सैनीको विवाह ९० हजार रुपैयाँ केही मानिसलाई दिएर मिलाएको बताए। राहुलको विवाहबाट परिवार खुसी थियो। विवाहपछि परिवार खुसी थियो र गाउँलेहरू स्वागतका तयारीमा व्यस्त थिए। तर मंगलबार राति बेहुलीले ढोका बाहिरबाट बन्द गरेर घर छाडिन्। बिहान उठ्दा बेहुली हराएको देखेर परिवारमा त्रास फैलियो।

खोजतलासका क्रममा गाउँलेको सहयोगमा खेतमा उनको केही लुगा फेला परेको थियो तर उनी स्वयं भेटिइनन्। घर नजिकको सीसीटीभी फुटेजमा रातिको समयमा बेहुली एक्लै घरबाट निस्किरहेको देखिएको छ। दयारामले उजुरीमा भने अनुसार बेहुली ५० हजार नगदसहित मङ्गलसूत्र, औंठी, पाउलजस्ता ८० हजार रुपैयाँ बराबरका गरगहना लिएर भागेकी हुन्।

उनी केही दिनअगाडि नै बेहुलाका घरमा आएर बसिरहेकी थिइन्, जसबाट परिवारमा विश्वास जागेको थियो। दयारामले बिचौलियामार्फत बेहुली फरार बनाइएको आरोपसमेत लगाएका छन्। घटनाको जानकारी पाउने बित्तिकै डायल प्रहरी टोली घटनास्थलमा पुगेको थियो। कोतवाल राम असारे सरोजले घटनाको पुष्टि गर्दै हाल अनुसन्धान भइरहेको जानकारी दिएका छन्।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह कोशीमा बढ्दो जलसतह, ३३ ढोका खोलिए; सतर्कता बढाइयो सिक्किममा भारी वर्षापछि ठूलो पहिरो, धेरै घर र सरकारी संरचनामा क्षति दुबईका नेपालीका लागि सहज सेवा, राहदानी घरमै पुर्‍याइने देउवा समूहले १५औँ महाधिवेशनका लागि खटायो केन्द्रीय प्रतिनिधि पहिरोले पृथ्वी राजमार्गका पाँच स्थान अवरुद्ध, यातायात प्रभावित सप्तकोसीमा जलसतह बढ्दो, कोसी ब्यारेजका २६ ढोका खोलिए मौसम खराब हुँदा हवाई उडान प्रभावित अफगानिस्तानले दियो नेपाललाई १०३ रनको लक्ष्य वर्षा रोकिएको दुई घण्टाभित्रै पहिरो पन्छाई यातायात सुचारु गर्ने गरी हाम्रो तयारी छ: मन्त्री लम्साल सुनको मूल्यमा गिरावट, चाँदी पनि घट्यो