2026-09-26 11:58 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

उड्नलागेको जहाजभित्रै यात्रुले यात्रुलाई थप्पड हानेपछि भाइरल भयो भिडियो (भिडियोसहित )

भारतमा उडानका क्रममा जहाजभित्रै एक यात्रुले सँगै बसेका अर्का यात्रुलाई थप्पड हानेका छन्। मुम्बईबाट कोलकाता उडेको इन्डिगो एयरलाइन्सको फ्लाइट ६ ई१३८ मा एक यात्रुले छेउमा बसेका यात्रुमाथि थप्पड हानेका हुन्। उक्त भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको छ।

थप्पड खाने व्यक्ति असमको कछार जिल्लाको काटिगोरा क्षेत्रअन्तर्गत लाथिमारा गाउँका ३२ वर्षीय हुसैन अहमद मजूमदार भएको खुलेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। घटना बिहीबारको हो।

जहाज उड्न थालेपछि हुसैन आँत्तिएका थिए। उनलाई ‘प्यानिक अट्याक’ आएको बिबिसीले जनाएको छ। त्यसपछि उनी अकास्मात सिटबाट उठेका थिए। उनी त्यहाँबाट आफूलाई बाहिर जान दिन अनुरोध गर्दै सिट छाडेर बाहिरिन खोजेका थिए। त्यसपछि वरपरका सिटमा रहेका यात्रु र जहाजको क्याबिन क्रूका सदस्यहरूले हुसैनलाई सम्हाल्ने प्रयत्न गरेका थिए।

 

 

https://x.com/RanaAyyub/status/1951318633004609586

सिट छाडेर बाहिर निस्केका हुसैनलाई अन्यले सम्हाल्ने कोसिस गरिरहँदा सँगैको बसेका एक पुरूषले भने उनलाई थप्पड हानेका थिए। ती व्यक्तिले थप्पड हानेको भिडिओ जहाजमै भएका अरू मानिसहरूले खिचेर सार्वजनिक गरेका थिए।

 

थप्पड हानेका व्यक्तिलाई क्याबिन क्रू का सदस्य र यात्रुहरूले गाली गर्दै किन हानेको भनेर सोधेका थिए। ‘यो मान्छेले गर्दा हामीलाई समस्या भयो,’ जबाफमा ती व्यक्तिले भनेका थिए। त्यसपछि थप्पड हानेर गलत गरेको भनेर अरू यात्रुहरू ती व्यक्तिमाथि खनिएका थिए। थप्पड खाएपछि हुसैन अझै आँत्तिएर रून थालेको दृश्य भिडिओमा देखिन्छ।

जहाज कोलकाता अवतरण गर्नासाथ थप्पड हानेका व्यक्तिलाई आवश्यक कारबाहीका लागि विमानस्थल कार्यालयमा बुझाइएको थियो। इन्डिगो एयरलाइन्सले पनि घटनाप्रति ध्यानाकर्षण भएको बताउँदै आवश्यक कारबाही गर्ने भनेको थियो। उनीमाथि उडान प्रतिबन्ध लाग्न सक्ने भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। थप्पड हान्ने व्यक्तिको नाम भने सञ्चारमाध्यहरुले पनि गोप्य राखेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह कोशीमा बढ्दो जलसतह, ३३ ढोका खोलिए; सतर्कता बढाइयो सिक्किममा भारी वर्षापछि ठूलो पहिरो, धेरै घर र सरकारी संरचनामा क्षति दुबईका नेपालीका लागि सहज सेवा, राहदानी घरमै पुर्‍याइने देउवा समूहले १५औँ महाधिवेशनका लागि खटायो केन्द्रीय प्रतिनिधि पहिरोले पृथ्वी राजमार्गका पाँच स्थान अवरुद्ध, यातायात प्रभावित सप्तकोसीमा जलसतह बढ्दो, कोसी ब्यारेजका २६ ढोका खोलिए मौसम खराब हुँदा हवाई उडान प्रभावित अफगानिस्तानले दियो नेपाललाई १०३ रनको लक्ष्य वर्षा रोकिएको दुई घण्टाभित्रै पहिरो पन्छाई यातायात सुचारु गर्ने गरी हाम्रो तयारी छ: मन्त्री लम्साल सुनको मूल्यमा गिरावट, चाँदी पनि घट्यो लगातार वर्षाले देशभर जनजीवन प्रभावित, प्रमुख राजमार्गदेखि पदयात्रासम्म रोक भोटेकोशी बाढी विश्वकै लागि चेतावनी हो : प्रधानमन्त्री शाह