2026-11-09 11:51 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

जम्मु–कश्मीरको कुलगाममा भिडन्त : दुई आतंकवादी मारिए

काठमाडौँ | भारत स्वशासित जम्मु–कश्मीरको कुलगाम जिल्लामा सुरक्षाबल र आतंकवादीहरूबिच भएको भिडन्तमा दुई आतंकवादी मारिएका छन् । जिल्लाको अखल इलाकामा गएरातिदेखि चलेको यस मुठभेडमा सुरक्षाकर्मीले हालसम्म दुई आतंकवादीको मृत्यु भएको समाचारहरूमा जनाइएको छ ।

भारतीय सेना, जम्मु–कश्मीर पुलिस, सीआरपीएफ र विशेष अभियान समूहद्वारा सञ्चालित यो संयुक्त आतंकवादविरोधी अभियान अझै पनि जारी छ । सुरक्षाबलले सम्पूर्ण क्षेत्रलाई घेरा हालेर खोजी अभियानलाई तीव्र बनाएको बताएको छ।

भारतीय सेनाको चिनार कोरले सामाजिक सञ्जाल एक्समा यसबारे एक पोस्टमार्फत जानकारी दिएको हो । पोस्टमा भनिएको छ, ‘कुलगाममा रातभरि बेलाबेलामा र तीव्र गोलीबारी जारी रह्यो । सतर्क सैनिकहरूले आतंकवादीहरूलाई जवाफी कारबाही गरे र उनीहरू भाग्न नपाऊन् भनेर घेराबन्दी थप कडा पारिएको छ।’

अधिकारीहरूका अनुसार यस क्षेत्रमा थप आतंकवादी लुकेको हुन सक्ने आशंकामा खोजी कार्य जारी राखिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवाको आरोप : १८ करोड खर्च गरेर कांग्रेसको आधिकारिकता किनियो कुकुर तिहारजस्ता पर्वलाई अन्तरराष्ट्रियकरण गर्नुपर्छः सबिना काफ्ले दरबारमार्गमा लागेको आगो नियन्त्रणमा छठ मनाउन रवि लामिछाने जनकपुरधाम जाने भ्रममाथि तथ्य र असत्यमाथि सत्यको विजय होस् : दानबहादुर कार्की घोप्टेभीरमा सुक्खा पहिरो, पृथ्वी राजमार्ग खुलाउने प्रयास जारी आज देशभर श्रद्धा र भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदै सुनचाँदीको मूल्य स्थिर, सुन प्रतितोला २ लाख ८३ हजार रुपैयाँ कायम सुतिरहेका बेला एक्कासि हँसिया प्रहारबाट एक महिलाको मृत्यु काठमाडौँको दरबारमार्गमा आगलागी सरकारको कामकारबाही हिन्दी जासुसी फिल्मजस्तै, कतिबेला कसलाई पक्राउ गरिने हो टुंगो छैन : प्रचण्ड देशमा न्याय मरेको छैन भने सर्वोच्चबाट हामीले नै आधिकारिकता पाउँछौं : महत एनपीएल : काठमाडौँ गुर्खाजविरुद्ध लुम्बिनी लायन्सले जित्यो टस, पहिले बलिङ गर्ने कर्णालीको योगदानको राज्यले उचित मूल्याङ्कन गरेन : संयोजक प्रचण्ड देउवा पक्षको काठमाडौँ जिल्ला अधिवेशन सुरु सर्वोच्चका चार प्रस्तावित न्यायाधीशको संसदीय सुनुवाइ सकियो मिडियामाथिको नियन्त्रण प्रयासविरुद्ध माइतीघरमा युवाहरूको प्रदर्शन भोटेकोशी बाढीमा बेपत्ता २ हजार २९४ जनाको सूची सार्वजनिक, दाबी गर्न सात दिनको समय तिहारमा फूलको माग बढेसँगै माला महँगियो, उपभोक्ता प्रभावित २४ र २५ गते काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन प्रभावित हुने