2026-10-22 02:22 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

श्रीमतीले घर जान नमान्दा, नाक काटेर भागे श्रीमान :टोकेर नाक काटिदिएका थिए

काठमाडौँ । भारतको उत्तर प्रदेशस्थित कन्नौजमा एक पतिले आफ्नी श्रीमतीको टोकेर नाक काटिदिएका छन्। श्रीमतीले आफूसँगै घर जान अस्वीकार गर्दा उनले टोकेर नाक काटेका हुन्।

 

सदर कोतवाली क्षेत्रको कालिनापुर्वा गाउँकी निवासी गुड्डी देवीले करिब १४ वर्षअघि काजी टोला इलाकाका पप्पुसँग विवाह गरेकी थिइन्। पप्पु लागूपदार्थको लतमा फसेका थिए र गुड्डी देवीसँग प्रायः झगडा गर्थे।

झगडाबाट थकित भएर गुड्डी कालिनापुर्वामा आफ्नो मामाघरमा बस्न थालिन्। उनले अरुको घरमा काम गरेर आफ्नो जीविकोपार्जन गर्थिन्। गुड्डी काम सकेर घर फर्किँदै गर्दा पप्पुले उनलाई बाटोमा रोकेर आफूसँगै आउन भने। गुड्डीले अस्वीकार गरेपछि उनी रिसाए।

रिसको आवेगमा पप्पुले गुड्डीलाई खेत नजिकैको झाडीमा घिसार्दै लगे। उनले घाँटी थिचेर कुटपिट गर्न थाले र दाँतले नाक टोके। उनले काटिएको नाक पनि आफूसँगै लगे। गम्भीर घाइते गुड्डी जिल्ला अस्पताल पुगिन्। प्राथमिक उपचारपछि उनलाई कानपुर रेफर गरियो। गुड्डीको उजुरीमा प्रहरीले आरोपी पति पप्पुविरुद्ध मुद्दा दर्ता गरी खोजी सुरु गरेको छ।

करिब तीन वर्षअघि पप्पुले बस स्टप नजिकै गुड्डीमाथि धेरै पटक चक्कु प्रहार गरेको बताइएको छ। त्यतिबेला पनि उनी पप्पुसँग रिसाएर आफ्नो मामाघर जाँदै थिइन्। त्यो आक्रमणपछि प्रहरीले पप्पुलाई जेल पठाएको थियो। तर जमानतमा छुटेपछि उनले नाक काटेको अपराध गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ