१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

लागुऔषधसहित १० जना पक्राउ

४ भाद्र २०८२, बुधबार १३:४६

काठमाडौँ | झापा, मोरङ र सुनसरीको छुट्टाछुट्टै स्थानबाट लागुऔषधसहित १० जना पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वर काठमाडौँ, लागुऔषध नियन्त्रण ब्यूरो विराटनगर र इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो । विराटनगर महानगरपालिका- १५ स्थितबाट भारत दिल्लीका ४३ वर्षीय सागीरलाई उनले बोकेको ब्यागमा स्पिकर भित्र लुकाएको १ सय ९० ग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिइएको हो ।​​​

लागुऔषध नियन्त्रण ब्यूरो विराटनगर र इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले रंगेली- ५ स्थितबाट विहार अररियाका २९ वर्षीय इम्तियाज अन्सारी र ३२ वर्षीय नुर हसनलाई १ सय ११ ग्राम २७ मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ । यसैगरी झापाको प्रहरी चौकी बाघखोरबाट खटिएको प्रहरी टोलीले दमक नगरपालिका- ३ का २५ वर्षीय आशिष तामाङ र २८ वर्षीय विक्रम राईलाई १ ग्राम ब्राउन सुगरसहित र प्रहरी चौकी महारानिझोडाले गौरादह- ५ का २१ वर्षीय समीर सिवा र २५ वर्षीय शंकर सतारलाई विभिन्न प्रकारका ४ सय क्याप्सुल लागुऔषधसहित नियन्त्रणमा लिएको हो ।

यसका साथै लागुऔषध नियन्त्रण ब्यूरो विराटनगर र इलाका प्रहरी लौकहीले मोरङ सुन्दर हरैँचा नगरपालिका-११ का ४५ वर्षीय लोकविक्रम साहलाई ३७ ग्राम ६२ मिलिग्रामसहित र जिल्ला प्रहरी कार्यालय सुनसरीले इटहरी- ५ का ३२ वर्षीय विशाल लिम्बू र ३५ वर्षीय गणेश तामाङलाई १७ ग्राम ३ मिलिग्राम ब्राउन सुगरसहित इनरुवा बसपार्कबाट नियन्त्रणमा लिएको हो । थप अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का