२०८२, २ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

चक्कु प्रहार गरी एक युवकको हत्या

२०८२, ४ भाद्र बुधबार १७:१०

काठमाडौँ | रौतहटको गौरमा बुधबार दिउँसो एक युवकको चक्कु प्रहार गरी हत्या भएको छ। हत्या गरेर भाग्दै गरेको अवस्थामा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ।

गौर नगरपालिका-५ स्थित बरहवा तालको झुलुङ्गे पुल नजिक करिब १९/२० वर्षका देखिने एक युवकको हत्या भएको हो। मृतकको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ।जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी नेत्रमणी गिरीका अनुसार मृतकको पेट र छातीमा गहिरो चक्कु प्रहार भएको थियो। गम्भीर घाइते अवस्थामा उनलाई उपचारका लागि जिल्ला अस्पताल गौर लैजाँदै गर्दा बाटोमै ज्यान गएको हो।

घटनामा संलग्न रहेको आरोपमा गौर नगरपालिका–३ का १९ वर्षीय सनोज रामलाई प्रहरीले पक्राउ गरेको छ। नन्दु महराका छोरा रामलाई चक्कु प्रहार गरेर भाग्दै गरेको अवस्थामा पक्राउ गरिएको एसपी गिरीले बताए। पक्राउ परेका रामलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ। हत्याको कारण भने खुल्न सकेको छैन।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ प्रधानमन्त्री कार्कीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण इन्धनको मूल्यवृद्धिसँगै गाडी भाडा बढाउन माग महाकाली नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट सिकार खेल्न गएका ५ जना बेपत्ता काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहाेरको मात्रा घटाउँदै नवलपरासी कारागारबाट भागेका १८० कैदी अझै फरार दुई फरार प्रतिवादीहरु पक्राउ इनिशा विक हत्याका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै विरोध प्रदर्शन आँखामा कालोपट्टी बाँधेर सडकमा उत्रिए जेनजी रवि लामिछानेको अभियोग संशोधन फिर्ता विरुद्धको रिटमा सुनुवाइ हुँदै सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरे भारतकाे एक अस्पतालमा भीषण आगलागी, १० जना बिरामीको मृत्यु सुनको मूल्य सामान्य बढ्दा चाँदीको घट्यो फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर