१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

चक्कु प्रहार गरी एक युवकको हत्या

४ भाद्र २०८२, बुधबार १७:१०

काठमाडौँ | रौतहटको गौरमा बुधबार दिउँसो एक युवकको चक्कु प्रहार गरी हत्या भएको छ। हत्या गरेर भाग्दै गरेको अवस्थामा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ।

गौर नगरपालिका-५ स्थित बरहवा तालको झुलुङ्गे पुल नजिक करिब १९/२० वर्षका देखिने एक युवकको हत्या भएको हो। मृतकको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ।जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी नेत्रमणी गिरीका अनुसार मृतकको पेट र छातीमा गहिरो चक्कु प्रहार भएको थियो। गम्भीर घाइते अवस्थामा उनलाई उपचारका लागि जिल्ला अस्पताल गौर लैजाँदै गर्दा बाटोमै ज्यान गएको हो।

घटनामा संलग्न रहेको आरोपमा गौर नगरपालिका–३ का १९ वर्षीय सनोज रामलाई प्रहरीले पक्राउ गरेको छ। नन्दु महराका छोरा रामलाई चक्कु प्रहार गरेर भाग्दै गरेको अवस्थामा पक्राउ गरिएको एसपी गिरीले बताए। पक्राउ परेका रामलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ। हत्याको कारण भने खुल्न सकेको छैन।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का