१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

लाखौँ रकमसहित दुई जना हुण्डी कारोबारी पक्राउ

६ भाद्र २०८२, शुक्रबार १३:४७

काठमाडौँ | वीरगन्जबाट लाखौँ रकमसहित दुई जना हुण्डी कारोबारी पक्राउ परेका छन् । वीरगन्ज महानगरपालिका वडा नं. २ घुसुकपुर ईदगाह चोकबाट १४ लाख १३ हजार पाँच सय श्रोत खुल्न नसकेको रकम सहित वीरगन्ज महानगर २ घुसुकपुरका ३९ वर्षीय संजय साह र बारा महागढीमाई नपा ४ बगडमपुरका ४१ वर्षीय शनि कुमार ठाकुरलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार वीरगन्ज बजार क्षेत्रमा लामो समयदेखि हुण्डी कारोबारको ठुलो सञ्जाल सक्रिय रहेको प्रहरीले सूचना पाएको थियो । बिहीबार विशेष सूचनाका आधारमा पर्सा प्रहरीले छुटै टोली परिचालन गरी बीरगंजको इदगाह चौकबाट दुईवटा मोटरसाइकल चेकजाँच गर्दा साहले चलाएको मोटरसाइकलबाट १० लाख र ठाकुरले चलाएको मोटरसाइकलबाट ४ लाख १३ हजार ५ सय श्रोत खुल्न नसकेको रकम बरामद गरी दुवै जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख गौतम मिश्राले बताए ।

वीरगन्जमा हुण्डी कारोबारको सञ्जाल बढ्न थालेपछि त्यसको जालो भत्काउन पर्सा प्रहरीले अभियान नै चलाएका छन् । गत महिना २८ लाख रुपैयाँ सहित तिन जना कारोबारीलाई पक्राउ गरेको थियो । प्रहरीले पर्सा पकाहामैनपुर्का अनिल कुमार बर्णवाल, वीरगन्ज आदर्शटोलका बिनित कुमार श्रीवास्तव र बारा परवानीपुरका दिपक कुमार सोनारलाई २८ लाख २८ हजार नगद सहित नियन्त्रणमा लिएका थियो ।

हुण्डी कारोबारमा पक्राउ परेका दुवै जना हुण्डी कारोबारी भएकोले प्रहरीले जिल्ला अदालत पर्सामा म्याद थप गरी आवश्यक अनुसन्धान अगाडी बढाइएको पर्सा प्रहरी प्रमुख एसपी मिश्रले बताए । यो दुवै घटनाले वीरगन्ज क्षेत्रमा हुण्डी कारोबारको सञ्जाल निकै सक्रिय रहेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का