२०८२, २ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

ब्राउन सुगर सहित एकजना पक्राउ

२०८२, ६ भाद्र शुक्रबार १७:२२

काठमाडौँ | सुनसरी प्रहरीले १२८ ग्राम ब्राउन सुगर सहित एकजना कारोबारीलाई पक्राउ गरेको छ। शुक्रबार इटहरी-१७ बाट ब्राउन सुगर कारोबार गर्ने कारोबारीलाई पक्राउ गरिएको सुनसरीका प्रहरी प्रमुख एसपी सुमन्कुमार तिम्सिनाले बताएका छन्। सप्तरीको मलहनिया घर भई हाल इटहरी उपमहानगरपालिका-१७ बालग्राम गणेश प्रसाद ढकालको घरमा कोठा भाडा लिई बस्ने ३७ वर्षीय सत्य नारायण यादवलाई ब्राउन सुगरसहित पक्राउ गरिएको एसपी तिम्सिनाले बताए।

यादवले कोठाभित्र लागुऔषध लुकाइछिपाई राखेको भन्ने गोप्य सूचनाका आधारमा लागुऔषध कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको टोलीले ब्राउन सुगर १२८ ग्राम, डिजिटल तराजु १ थान, मोबाइल १ थान बरामद गरेको छ। यादवलाई इप्रका पकलीको हिरासतमा राखेर थप अनुसन्धान गर्ने काम भइरहेको एसपी तिम्सिनाले बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ प्रधानमन्त्री कार्कीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण इन्धनको मूल्यवृद्धिसँगै गाडी भाडा बढाउन माग महाकाली नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट सिकार खेल्न गएका ५ जना बेपत्ता काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहाेरको मात्रा घटाउँदै नवलपरासी कारागारबाट भागेका १८० कैदी अझै फरार दुई फरार प्रतिवादीहरु पक्राउ इनिशा विक हत्याका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै विरोध प्रदर्शन आँखामा कालोपट्टी बाँधेर सडकमा उत्रिए जेनजी रवि लामिछानेको अभियोग संशोधन फिर्ता विरुद्धको रिटमा सुनुवाइ हुँदै सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरे भारतकाे एक अस्पतालमा भीषण आगलागी, १० जना बिरामीको मृत्यु सुनको मूल्य सामान्य बढ्दा चाँदीको घट्यो फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर