१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

लागुऔषध ब्राउन सुगर सहित दुईजना भारतीय नागरिक पक्राउ

९ भाद्र २०८२, सोमबार ११:४१

काठमाडौँ | विराटनगरबाट १ सय ४७ ग्राम लागुऔषध ब्राउन सुगर (खैरो हेरोइन)सहित दुईजना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार बरामद भएको ब्राउन सुगर ठूलो परिमाणको हो । मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले नेपालमा खैरो हेरोइन ‘सप्लाई’गर्न आएका भारत कटिहार शिवानापुर–४ का ३० वर्षीय मोहम्मद सद्दाम हुसेन र कटिहारकै खरसोता–५ का ३२ वर्षीय बमकिम कर्मकारलाई पक्राउ गरिएको बताइन् ।

इलाका प्रहरी कार्यालय रानी र लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको संयुक्त टोलीले दुवैजनालाई आइतबार साँझ पक्राउ गरेको हो । डीएसपी चुँडालका अनुसार विराटनगर महानगरपालिका–१५ मण्ठापोखरी मन्दिर अगाडि सार्वजनिक सडक खण्डमा शंकास्पद रूपमा गफगाफ गरिरहेका बेला दुवैजनालाई प्रहरीले नियन्त्रणमा लिएर शरीर खानतलासी गरेको थियो । चेकजाँचका क्रममा मोहम्मद सद्दाम हुसेनले बोकेको ब्यागभित्र रहेको पाइन्टको गोजीमा लुकाएर राखिएको अवस्थामा १ सय ४७ ग्राम खैरो हिरोइनजस्तो देखिने पदार्थ फेला परेको प्रहरीको भनाइ छ ।

इलाका प्रहरी कार्यालय रानीको हिरासतमा राखिएका दुवै जनाविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने प्रहरीको तयारी छ । नेपालमा लागुऔषध ‘सप्लाइ’ गर्न आएका उनीहरूमाथि इन्स्पेक्टर कविन राई नेतृत्वको टोलीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का