२०८२, १६ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गण्डकी प्रदेश

देशका १०१ पर्यटकीय गन्तव्य पुस्तकमा

२०८२, १० कार्तिक आईतवार १३:५३

काठमाडौँ | कलाकारिताका माध्यमबाट देशलाई चिनाउने महाअभियानमा जुट्नुभएका कलाकार नगेन सिंह ठकुरीको नेपाल कला यात्रा पुस्तक बजारमा आएको छ । विश्वको उत्कृष्ट गन्तव्य नेपाल बनाउने महाअभियान स्वरुप ७७ जिल्लाका १०१ गन्तव्यलाई कलाका रुपमा पुस्तकमा प्रकाशन गरिएको हो ।

शान्तिका अग्रदूत भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनी, विश्वको सर्वोच्च शिखर सगरमाथा, विश्व सम्पदा पशुपतिनाथ, मुक्तिनाथ, लाङटाङ, चितवन राष्ट्रिय निकुञ्जका माध्यमबाट विश्वमञ्चमा नेपाल परिचित भए पनि ७७ वटै जिल्लाका विभिन्न स्थानमा रहेका धार्मिक, प्राकृतिक वा सांस्कृतिक सम्पदालाई क्यानभासमा उतारी ‘नेपाल कला यात्रा’ पुस्तक तयार गरिएको कलाकार सिंहले जानकारी दिनुुभयो ।

यस पुस्तकलाई १९७ भाषामा अनुवाद गरी विश्वभरका विश्वविद्यालय र पुस्तकालयमा वितरण गरिने उहाँको भनाइ छ । देशका विभिन्न पर्यटकीय गन्तव्यमा पुुगी तत्तत् ठाउँका कलालाई उतार्नुुभएका सिंहको यो अभियान २०६७ साल कात्तिक ६ गते बुुद्ध जन्मस्थल लुम्बिनीबाट घोषणा गरिएको थियो ।

“अभियान घोषणासँगै २०७१ जेठ ३० गते ताप्लेजुुङको पाथीभरा देवी मन्दिरबाट देशका ७७ वटै जिल्लामा कलायात्रा सुरु ग¥यौं”, उहाँले भन्नुुभयो । सिंहको कलायात्रा पुस्तकको पहिलो कलाका रुपमा पानी रङमा पाथीभरा देवीको मन्दिर समेटिएको छ ।

कलायात्रा पुस्तकमा पाँचथरको स्वीजरल्याण्ड गाउँ, बाग्लुुङको गाईघाट झरना, भक्तपुरको नगरकोट, चितवनको बीस हजारी ताल, धनुुषाको जनकपुरधाम विवाह मण्डप, धनकुटाको भेडेटार र कृृषि अनुसन्धान केन्द्र पाख्रीबासलाई कलाका रुपमा समेटिएका छन् । अधिकांश कला पानी रंगका साथै एक्लेरिक रङमा कोरिएका छन् ।

पुस्तकमा गुल्मीको मुसीकोट दरबार र रेसुङ्गा, दोलखाको कुरी गाउँ, झापाको कन्काइ आर्यघाट, धनुषकोठी धाम र जामुनखाडी सिमसार, कपिलवस्तुको तिलौराकोट ‘पूर्वी ढोका’ कास्कीको ल्वाङ भिलेज होमस्टे, फेवा ताल, बेगनास ताल, सहिदचोक, चिसापानी रोयल ट्रयाक र तनहुँको ढोरबाराहीलाई समेटिएका्े छ ।

त्यस्तै काठमाडौंको धरहरा, कीर्तिपुको बाघभैरव मन्दिर, काभ्रेपलाञ्चोकको दोलालघाट, गोरखाको गोरखा दरबार, डडेलधुराको अमरगढी किल्ला, अछामको बैधनाथ धाम, कालिकोटको पिली युद्ध संग्रहालय, मुगुको राराताल, अर्घाखाँचीको सुपा देउराली, सुर्खेतको बुलबुल ताल, सल्यानको कुपिन्डे ताल, बर्दीयाको बर्दिया राष्ट्रिय निकुञ्ज, रामेछापको जटापोखरी, पर्वतको जलजला, म्याग्दीको राखु भगवती मन्दिर आदि गन्तव्यहरू कलामा समेटिएका छन् ।

यस अभियानमा पुस्तक प्रकाशका रुपमा नगेन न्यूज पब्लिकेशन प्रालिका साथै एक हजार ५६१ जना प्रत्यक्ष जोडिनुुभएको प्रालिका अध्यक्ष ज्योति हमालले जानकारी दिनुुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला