३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

रोक लगाइएको २१ बर्षपछि इराकमा कार्यरत हजारौं नेपालीहरुले पाउने भए श्रम-स्वीकृति

११ पुष २०८२, शुक्रबार २०:१६

काठमाडौँ । सरकारले इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउन श्रम-स्वीकृति दिने निर्णय गरेको छ । सरकारको यो निर्णयसँगै इराकमा रोजगारको क्रममा रहेका झन्डै ३० हजार नेपालीले राहत पाउने भएका छन् ।

प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा शुक्रबारबसेको मन्त्रिपरिषद्को बैठकले इराकमा रहेका नेपालीलाई अभिलेखीकरणमा ल्याउने निर्णय गरेको हो । योसंगै २० बर्षदेखि इराक श्रम-स्वीकृति दिन प्रतिबन्ध लगाएको कारण समस्यामा परेका नेपालीले अब बिदामा आएर पुन: इराक जानको लागि श्रम-स्वीकृति पाउनेछन् । जसको लागि इराकको आवासिय कार्ड हुनुपर्नेछ ।

परराष्ट्र र कानुन मन्त्रालयको सहमतिमा श्रम मन्त्रालयले इराकमा रहेका नेपालीलाई अभिलेखमा ल्याउन मन्त्रिपरिषदमा प्रस्ताव पेस गरेको छ । गैरआवासीय नेपाली संघ, इराकका अध्यक्ष विनोद श्रेष्ठले इराकमा रहेका नेपालीहरुको लागि आफूले गरेको लामो समयदेखि गरेको पहल सफल भएको भन्दै खुसि व्यक्त गरे । उनले जेनजी सरकारको कारण प्रत्यक्ष ठूलो संख्यामा इराकमा रहेका नेपालीहरुले ढुक्कले नेपाल आउन र इराक जानको लागि सहज भएको र राहत पाएको भन्दै सरकारलाई धन्यवाद दिए ।

२०६१ भदौमा १२ जना नेपालीको हत्या भएपछि सुरक्षाको कारण देखाउदै नेपाल सरकारले इराक जान प्रतिबन्ध लगाएको थियो । तर क्रमश: बिभिन्न क्षेत्रमा नेपालीहरु श्रमिकको रुपमा इराक पुग्ने गरेका छन् ।

इराकमा रहेका नेपालीहरुले सरकारसँग श्रम स्वीकृति सम्बन्धि प्रतिबन्ध हटाउन माग गर्दै आइरहेका थिए । यस क्रममा लामो समयदेखि गैर आवासिय नेपाली संघ इराकले सरकारसँग आफ्नो गुनाशो राख्दै आएपनि बिगतका सरकारहरुले श्रम स्वीकृति दिने निर्णय गरेन ।

श्रम स्वीकृति नपाउँदा कतिपय नेपालीहरु बर्षौं नेपाल नआउने, आईहाले पनि फेरी इराक जान सेटिङ मिलाउन चर्को लागत खर्च गर्न बाध्य हुनुपर्ने अवस्था रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार