२२ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

बाँकेमा पहिलो पटक आमाको नामबाट वंशजको नागरिकता जारी

२४ पुष २०८२, बिहीबार १७:२८

काठमाडौँ | जिल्ला प्रशासन कार्यालय बाँकेले आमाको नामबाट पहिलो पटक नागरिकता प्रदान गरेको छ । प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले नागरिकता ऐन, २०६३ को दोस्रो संशोधन तथा नियमावलीको चौथो संशोधन बमोजिम नेपालगन्ज उपमहानगरपालिका–८ अन्सारीटोल निवासी २४ वर्षीय मोहन गोडीयालाई आज वंशजका आधारमा नागरिकता प्रदान गर्नुभएको हो ।

प्रमुख जिल्ला अधिकारी तामाङका अनुसार गोडीयालाई उहाँकी ४६ वर्षीया आमा मायाकुमारी गोडीयाको नामबाट नागरिकता प्रदान गरिएको हो । नागरिकता प्राप्त गरेपछि आफूलाई राज्यको वास्तविक नागरिक भएको अनुभूति भएको गोडीयाले बताउनुभयो ।

“१७ वर्षको उमेरदेखि निरन्तर खेलकुदमा सक्रिय छु, विसं २०८० मा काठमाडौँमा सम्पन्न अन्तर नगरपालिका राष्ट्रिय खेलकुद तथा २०८१ मा चितवनमा भएको अन्तरप्रदेश राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी भएँ, तर कागजातको अभावले धेरै अवसर गुमाउनुप¥यो”, उहाँले भन्नुभयो । नागरिकता प्राप्त भएपछि जीवनको ठूलो बाधा हटेको महसुस भएको उहाँले बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी तामाङले संविधान तथा प्रचलित कानुनअनुसार नागरिकको पहिचान सुनिश्चित गर्नु राज्यको दायित्व भएको उल्लेख गर्दै नागरिकका हकअधिकार सुनिश्चित गर्न प्रशासन पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनुभयो । उहाँका अनुसार नागरिकता वितरण प्रक्रियालाई पारदर्शी, सहज र सेवाग्राहीमैत्री बनाउँदै नागरिकका समस्या संवेदनशीलतापूर्वक सम्बोधन गरिँदै आएको छ ।

जिल्ला प्रशासन कार्यालय बाँकेले सेवा प्रवाहलाई थप व्यवस्थित बनाउँदै नागरिकका गुनासो तत्काल सम्बोधन गर्ने नीति लिएको जनाएको छ । कार्यालयभित्र अनुशासन, जवाफदेहिता र पारदर्शिता कायम गर्दै नागरिकको समय र श्रमको सम्मान गर्ने कार्यसंस्कृति विकास गरिँदै आएको प्रशासनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट काँग्रेसमा नयाँ अनुहार आए,नयाँ भिजन आएन: पृथ्वीसुब्बा गुरुङ संघीयताको भावना अनुसार सरकारले काम गर्न सकेन: कृष्ण प्रसाद सिटौला बसको ठक्करबाट पैदल यात्रीको मृत्यु श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या सुनचाँदीको मूल्य बढ्यो १० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ राष्ट्रपति पौडेलद्वारा जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी सुनचाँदीको मूल्यमा भारी गिरावट हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै