२०८२, २८ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

काठमाडौँको फोहोर व्यवस्थापनमासमेत अन्तर्राष्ट्रिय चलखेल हुन्थ्यो: बालेन शाह

२०८२, ४ फाल्गुन सोमबार १३:५८

काठमाडौँ | रास्वपाका वरिष्ठ नेता बालेन शाहले काठमाडौँमा महानगरपालिकामा अन्तर्राष्ट्रिय चलखेल हुने गरेको दाबी गरेका छन् । काठमाडौँका पूर्वमेयरसमेत रहेका शाहले झापा ५ का मतदातासँगको संवादमा महानगरको नेतृत्व गर्नु र प्रधानमन्त्री हुनुभन्दा कम चुनौतीको कुरा नभएको जिकिर गरेका हुन् । काठमाडौँको फोहोर व्यवस्थापनमा समेत अन्तर्राष्ट्रिय चलखेल भएको उनको भनाइ छ ।

सरकार बनाउँदा अन्तर्राष्ट्रिय चलखेल हुनसक्छ, तपाईँको योजना के छ ? भन्दै मतदाताले सोधेको प्रश्नमा उनले भने, ‘अन्तर्राष्ट्रिय चलखेल महानगरमा कुन हदसम्मको थियो भनेर तपाईँले कल्पना पनि गर्न सक्नुहुन्न । उदाहरणको लागि काठमाडौँको फोहोर व्यवस्थापनसमेत चलखेल हुन्थ्यो । त्यसैले प्रधानमन्त्री हुनुभन्दा कम चुनौतीको कुरा होइन ।’

सुकुम्बासी समस्यामा समाधानमा पनि ठूलो अन्तर्राष्ट्रिय चलखेल हुने गरेको उनले दाबी गरे । ‘काठमाडौँका सुकुमबासी बस्तीमा बस्ने धेरै त वास्तविक सुकुम्बासी नभई राजनीतिक दलहरूद्वारा संरक्षित र परिचालित मान्छे हुन्,’ बालेनले भने।

बालेन एक हप्ता लामो मधेस र बागमती प्रदेशको भ्रमणपछि सोमबार आफू उम्मेदवार रहेको झापा ५ मा फर्किएका हुन् । सोमबार बिहानैदेखि उनले झापा ५ मा घरदैलो शुरू गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ नेकपा एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातका कारण निधन रातो मछिन्द्रनाथको रथको पाङ्ग्रा बनाउने काम अन्तिम चरणमा नेपाललाई हिन्दूराष्ट्र बनाउने हो भने रास्वपालाई दुईतिहाइ पुर्‍याउन सहयोग गर्छौं: कमल थापा इनिसा विकको न्याय माग गर्दै माइतीघरमा प्रदर्शन मध्यपूर्व तनावका बीच कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान अब सीआईबीले गर्ने खैरो हेरोइनसहित दुई युवक पक्राउ नाबालिकालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ सोविता गौतमको चुनाव खर्च विवरण सार्वजनिक काठमाडौँमा खाना पकाउने ग्यास अभाव निर्वाचनमा हारपछि परिणाम स्वीकार्दै जनताको सेवामा निरन्तर रहने ओलीको प्रतिबद्धता सुन चाँदीको मूल्य घट्यो यूएईमा इरानको आक्रमणमा परेर हालसम्म १५ नेपाली घाइते वैदेशिक रोजगारीका लागि ग्रिस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सुर्खेतमा १६ वर्षीया बालिकाको मृत्यु प्रकरण : छानबिनको माग गर्दै पीडित परिवार आन्दोलित घाइते भएको हल्लाबीच इरानका सर्वोच्च नेता खामेनी सुरक्षित रहेको दाबी समानुपातिकतर्फको मतगणना सम्पन्न