२०८२, २८ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

धारिलो हतियार देखाएर मोटरसाइकल लुट्ने २ जना समातिए

२०८२, ५ फाल्गुन मंगलवार १८:१५

काठमाडौँ | धारिलो हतियार देखाएर मोटरसाइकल लुटपाट गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछाप घर भइ काठमाडौँ, नागार्जुन नगरपालिका ३ ठुलोभर्‍याङ बस्ने १९ वर्षीय अनिस सोनाम र रसुवा धुन्चे घर भइ काठमाडौँ, नागार्जुन नगरपालिका २ सानोभर्‍याङ बस्ने १८ वर्षीय राजन तामाङ रहेका छन् ।

आइतबार राति ११ बजे सानो भर्‍याङस्थित आर्मी मेडिकल कलेज नजिकै सडक खण्डमा एक व्यक्तिले चलाइरहेको बागमती प्रदेश ०२-०२६ प ५३१० नम्बरको मोटरसाइकललाई पैदल आएका दुई जना व्यक्तिहरूले रोकी धारिलो हतियार देखाई ज्यान मार्ने धम्की दिई उक्त मोटरसाइकल लिइ फरार भएका थिए ।

पीडितले उजुरी दिएपछि प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरी टोलीले उक्त लुटिएको मोटरसाइकलसहित जिल्ला काठमाडौँ, नागार्जुन नगरपालिका २ तीनघरे बाट उनीहरुलाई नियन्त्रणमा लिएको जिल्ला परिसर काठमाडौँका प्रवक्ता एसपी पवन भट्टराईले जानकारी दिए ।

उनीहरुलाई डाँका चोरी कसूरमा काठमाडौँ जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति प्राप्त भइ अनुसन्धान भइरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ नेकपा एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातका कारण निधन रातो मछिन्द्रनाथको रथको पाङ्ग्रा बनाउने काम अन्तिम चरणमा नेपाललाई हिन्दूराष्ट्र बनाउने हो भने रास्वपालाई दुईतिहाइ पुर्‍याउन सहयोग गर्छौं: कमल थापा इनिसा विकको न्याय माग गर्दै माइतीघरमा प्रदर्शन मध्यपूर्व तनावका बीच कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान अब सीआईबीले गर्ने खैरो हेरोइनसहित दुई युवक पक्राउ नाबालिकालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ सोविता गौतमको चुनाव खर्च विवरण सार्वजनिक काठमाडौँमा खाना पकाउने ग्यास अभाव निर्वाचनमा हारपछि परिणाम स्वीकार्दै जनताको सेवामा निरन्तर रहने ओलीको प्रतिबद्धता सुन चाँदीको मूल्य घट्यो यूएईमा इरानको आक्रमणमा परेर हालसम्म १५ नेपाली घाइते वैदेशिक रोजगारीका लागि ग्रिस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सुर्खेतमा १६ वर्षीया बालिकाको मृत्यु प्रकरण : छानबिनको माग गर्दै पीडित परिवार आन्दोलित घाइते भएको हल्लाबीच इरानका सर्वोच्च नेता खामेनी सुरक्षित रहेको दाबी समानुपातिकतर्फको मतगणना सम्पन्न