२०८२, २८ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

इतिहास लेख्ने हो, भोट हाल्ने होइन: रवि लामिछाने

२०८२, ६ फाल्गुन बुधबार १७:३६

काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आगामी निर्वाचनमार्फत देशमा व्याप्त कुशासन र बेथितिको ‘सटर’ स्थायी रूपमा बन्द हुने उद्घोष गरेका छन्। धनगढीमा आयोजित जनसभामा सम्बोधन गर्दै लामिछानेले अब जनताले नेतालाई भोट मात्र दिने नभई, नेतासँग ‘कन्ट्राक्ट’ गर्ने युगको शुरुवात भएको बताएका हुन् ।

उनले वर्षौँदेखि जनताका मुद्दालाई निर्वाचनको एजेन्डा मात्रै बनाइ अल्झाइराख्ने राजनीतिक परिपाटीको अन्त्य आवश्यक रहेकोमा जोड दिए । रास्वपाले नेपालको इतिहासमा पहिलोपटक जनतासँग पाँच वर्षको लिखित ‘कन्ट्राक्ट’ गरेको दाबी गर्दै पाँच वर्षको स्थायी सरकारको अपेक्षा गरे । वाचा पूरा नगर्ने नेताले सजाय पाउनुपर्ने र जनता सधैं पीडित बन्ने अवस्थाको अन्त्य गर्न रास्वपा मैदानमा आएको उनको भनाइ छ। भारतमा कार्यरत सुदूरपश्चिमका नेपालीहरूलाई सम्बोधन गर्दै लामिछानेले यसपटक देश बदल्नका लागि छुट्टी मिलाएर भएपनि मतदान गर्न आउन आग्रह गरे ।उनले सिंहदरबारको संरचना मात्र नभई त्यहाँको कार्यशैली र नियत बदल्नुपर्ने आवश्यकता औँल्याउनुभयो। पुराना दलहरूले डोजर लगाएर गरिबको बस्ती उठाउने भ्रम फैलाएको भन्दै उनले प्रतिप्रश्न गर्नुभयो, “३५ वर्षसम्म जनताको सपनामा डोजर कसले चलायो?”

उनले जनताको अधिकार र समस्यालाई अल्झाउने काम अब बन्द गर्नुपर्ने बताए। लामिछानेले भने, “सटर त एउटा बन्द हुनुपर्छ-कुशासनको सटर, बेथितिको सटर, बेरोजगारी र अशिक्षाको सटर सबै बन्द गर्ने हो। इतिहास लेख्ने हो, भोट हाल्ने होइन। रास्वपाले हरेक चुनावमा घोषणापत्रमा बल्र्याङ्ग्रे अक्षरले लेखिने ‘जनताको माग पाइँदैन’ भन्ने युगको अन्त्य गर्नेछ। अब वाचा पूरा नगर्ने नेताले सजाय पाउने छन्, जनता होइन। त्यसैले हामीले पाँच वर्षको स्थायी सरकारको अपेक्षा गरेका छौँ।”

भ्रष्टाचार र बेथितिको पूर्ण अन्त्यका लागि प्रत्यक्ष र समानुपातिक दुवैतर्फ ‘घण्टी’ चिह्नमा मतदान गर्न मतदाताहरूलाई लामिछानेले आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इनिसा विकको न्याय माग गर्दै माइतीघरमा प्रदर्शन मध्यपूर्व तनावका बीच कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान अब सीआईबीले गर्ने खैरो हेरोइनसहित दुई युवक पक्राउ नाबालिकालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ सोविता गौतमको चुनाव खर्च विवरण सार्वजनिक काठमाडौँमा खाना पकाउने ग्यास अभाव निर्वाचनमा हारपछि परिणाम स्वीकार्दै जनताको सेवामा निरन्तर रहने ओलीको प्रतिबद्धता सुन चाँदीको मूल्य घट्यो यूएईमा इरानको आक्रमणमा परेर हालसम्म १५ नेपाली घाइते वैदेशिक रोजगारीका लागि ग्रिस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सुर्खेतमा १६ वर्षीया बालिकाको मृत्यु प्रकरण : छानबिनको माग गर्दै पीडित परिवार आन्दोलित घाइते भएको हल्लाबीच इरानका सर्वोच्च नेता खामेनी सुरक्षित रहेको दाबी समानुपातिकतर्फको मतगणना सम्पन्न वायु प्रदूषणबाट सावधानी अपनाउन नेपाल प्रहरीको आग्रह रवि लामिछानेविरुद्धका मुद्दा फिर्ता विवादलाई पूर्ण इजलासमा पठाउन आदेश समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा, रास्वपाको ५१ लाख ३९ हजार २३५ मत प्राप्त सुनको मूल्य बढ्यो, चाँदीको मूल्य स्थिर अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ कुरा गर्ने कसैलाई छुट छैन: राजुनाथ पाण्डे गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता