२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा

२०८२, ६ चैत्र शुक्रबार १५:१९

काठमाडौँ | सहकारीमा बचत गरेको रकम फिर्ता हुनुपर्ने माग राख्दै सहकारी पीडितहरुले काठमाडौँमा प्रदर्शन गरेका छन् । सहकारीका जम्मा गरेको ठूलो सानो सवै रकम फिर्ता हुनुपर्ने र ठगि गर्नेलाई कारवाही गर्नुपर्ने माग राख्दै सहकारी पीडित बचतकर्ता राष्ट्रिय महांसंघको अगुवाईमा शुक्रबार काठमाडौँको माइतीघरमा प्रदर्शन गरिएको हो ।

प्रदर्शनमा सहभागीहरुले ग्याँस छैन, तेल छैन, सहकारीमा राखेको पैसा छैन, सहकारी ठगी गर्नेलाई दण्ड हुने कानून बनोस, पीडितलाई फुटाउने षडयन्त्र नगरियाेस्, बिगत ४५ दिनदेखिको आन्दोलन जारी छ, बचकर्ताको पैसा फिर्ता गर लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए । सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानका अध्यक्ष कुशलभ केसीले सहकारी पीडितको समस्या समाधान गर्न अव बन्ने नयाँ सरकार गम्भीर हुनुपर्ने बताए ।

सय दिन भित्र बचतकर्ताको रकम फिर्ता गराउने रास्वपाको प्रतिवद्धता अव पुरा हुनुपर्ने भन्दै उहाले आफुहरुको मागका बारेमा ध्यानाकर्षण गराउन प्रदर्शनमा आएको बताए ।

उनले यसअघि सरकारले गरेको सहमति कार्यान्वयन नभएकाले अव नयाँ सम्झौता भन्दा पनि बचतकर्ताको रकम फिर्ता हुनुपर्नेमा आफुहरुको जोड रहेको धारणा राखे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल